ताजा खबर

सडक मर्मतमा स्थानीय सरकार

RadioTaplajung


सीताराम गुरागाई । सिरिजंघा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङको ध्यान एक महिनायता सिनाम–आम्वेगुदिन सडकखण्डमा छ । भदौ २५ गतेको भिषण वर्षाले बगाएको सडक निर्माणका लागि ३ वटा मेसिनका साथ गुरुङ आफै पनि खटिएका छन् । 
‘बल्ल बल्ल खुलायो, अलिअलि पानी प¥योकी माथिबाट पहिरो झरेर अवरुद्ध बनाइहाल्छ,’ गुरुङले भने,‘त्यसैले चौबिसै घण्टा मेसिन तयारी अवस्थामा राखेका छौं ।’ चाडबाडमा गाउँसम्म खाद्यान्न लगायतका सामान ढुवानी गर्ने र स्थानीय घर फर्कने बाटो पनि यही हो । गुरुङले आफ्नो प्रतिष्ठासँगै यो सडक जोडिएकाले मर्मतमा खटिएको बताए । गाउँपालिका–७ खेवाङमा शनिबारदेखि सडक मर्मत सुरु गरिएको वडाध्यक्ष नयनाथ तिवारीले जानकारी दिए । गुरुङ मात्रै होइन जिल्लामा सबै स्थानीय तहका पदाधिकारीको ध्यान अहिले ग्रामिण सडकमै छ । 
वर्षायाममा बाढीपहिरोले क्षतविक्षत बनाएका सडक मर्मतलाई स्थानीय सरकारले तिव्रता दिएका छन् । वर्षायाम सकिएसँगै चाडपर्व समेत नजिकिएकाले गाउँसम्म पुग्ने सडकलाई स्तरोनति थालिएको हो । दक्षिणी आठराई त्रिवेणी गाउँपालिकाले सदरमुकाम फुङलिङबाट गाउँपालिकाको केन्द्र हाङपाङ र त्यहाँबाट ५ वटै वडा जोड्ने सडकहरु मर्मत गरिरहेको छ । ‘दशैं अगावै सवै वडामा गाडी पु¥याउने योजना अनुरुप काम भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले भने,‘मेसिन एउटा मात्रै भएकाले पालैपालो गर्ने काम हुन्छ ।’ 
सिटौलाका अनुसार गाउँपालिका कार्यालय–मेहेले, पाङ्ग्राझ्याल–फुग्वाखोला, डाँडाखर्क–फुग्वाखोला, चाँगे मावि–वडा नं ५ कार्यालय जाने सडक पनि दशैं अगावै मर्मत भई गाडी चल्छन् । गाउँपालिकाले सबै सडक मर्मतका लागि १ लाख बजेट विनियोजन गरेको सिटौलाले बताए ।  
मैवाखोला गाउँपालिकाले दोभानबाट गाउँपालिकाको केन्द्र साँघु सडकखण्ड मर्मत गरिरहेको छ । ‘पहिले सुचारु सडक वर्खामा पानीले बिगारेको थियो,’ प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले भने, ‘१ हप्तायता आफ्नै जेसीबी प्रयोग गरेर मर्मत भइरहेको छ ।’ यो सडक मर्मतपछि सदरमुकाम देखि साँघुसम्म साना सवारी चल्न सक्नेछन् । लगत्तै साँघुबाट गुफापोखरी जाने सडक स्तरोन्नति थाल्ने अधिकारीले बताए । भने, ‘दशैंअघि ताप्लेजुङ–साँघु–बसन्तपुर हुँदै सुनसरीको धरानसम्म गाडी चल्ने गरि काम गरिरहेका छौं,’ वर्षाले बगाएपछि जेठयता यो सडकमा गाडी चल्न सकेका छैनन् । 
दोभानमा तमोर र मैवा नदीमाथि मोटरेबल पुल बनेपछि क्षेत्र नं २ का आठराई त्रिवेणी, मैवाखोलार र मेरिङ्देन गाउँपालिकाको सबै वडामा साना गाडी पुग्ने भएका छन् ।  मेरिङ्देन गाउँपालिकाले यसअघि नै मर्मत गरेर वडा नं ५ थुकिमाको ओरकसम्मको सडक सञ्चालनमा ल्याएको छ । फुङलिङ र दोभानबाट खाम्लुङ, सान्थाक्रा, लिङ्तेप र थुकिमासम्म नियमित ट्रयाक्टर, पिकप र ट्याक्सी सञ्चालनमा रहेको गाउँपलिका प्रमुख गणेशबहादुर लिम्बुको भनाई छ । पूर्वी सिदिङ्वा गाँपालिकाले पनि केन्द्र र वडा जोड्ने सडकहरु मर्मत गरिरहेको जनाएको छ । ‘वडा नं ३ आङ्खोपको आँगेवा र वडा नं ५ लिम्बुदिनको अम्विका आधारभूत विद्यालयसम्म दशैं अगाडी गाडी सञ्चालन गर्ने तयारी छ,’ गाउँपालिका प्रमुख नरबहादुर कडरियाले भने । 
लिम्बुदिनबाट वडा नं ७ सुरुम्खिम जाने डसकको स्तरोन्नति र नयाँ ट्रयाक खोल्नका लागि १ करोड ४० लाख विनियोजन गरिएको छ । त्यस्तै वडा नं ६ मेहेलेबाट खेवाङ जाने सडक मर्मतमा १० लाख रहेको र उक्त काम पनि एक हप्ताभित्र सक्ने योजना कडरियाले सुनाए । फुङलिङ नगरपालिका, पाथिभरा याङ्वरक र फक्तङलुङ गाउँपालिकाले पनि मर्मत गरिरहको जनाएका छन् । गाउँसम्मका सडक सुचारु हुने भएसँगै यातायात व्यावसायीले पनि रुट कायम गरि गाडी चलाउने तयारी थालेका छन् । 


 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक