ताजा खबर

बलात्कारको मुद्दा ब्यूँतिएपछि वकिल भेट्न पोर्चुगल गए रोनाल्डो

RadioTaplajung


बलात्कारको मुद्दा ब्यूँतिएपछि वकिल भेट्न पोर्चुगल गए रोनाल्डो
 असोज २४ गते । नौ वर्षअघिको बलात्कार प्रकरणको मुद्धा फेरि उठेपछि क्रिष्टियानो रोनाल्डो आफ्ना वकीललाई भेट्न पोर्चुगलको राजधानी पुगेका छन् ।

इटालियन सिरी ए अन्तर्गतको खेल सकेलगत्तै रोनाल्डो लिस्बन गएका हुन् । लिस्बनको एक रेस्टुरेन्टमा रोनाल्डोले ‘सहयोगी’ प्रेमिकासँग समय बिताएका छन् ।

सन् २००९ मा अमेरिकाको लास भेगासको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै अमेरिकी मोडल क्याथरिन मायोर्गाले उजुरी दिएपछि यो प्रकरणलाई फेरि ब्यूँत्याइएको छ । त्यसको प्रतिरक्षाका लागि रोनाल्डोले तयारी सुरु गरेको बुझिएको छ ।

पोर्चुगलका एक पत्रिकाले रोनाल्डो मुद्धाको प्रतिरक्षामा दृढ रहेको जनाएको छ । ३३ वर्षीय रोनाल्डोको यो अभियानमा उनकी आमा डोलोरेस र बहिनी केटियाले पनि सहयोग गरिरहेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा