ताजा खबर

अपडेट:जीप दुर्घटनाका दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

RadioTaplajung


अपडेट:जीप दुर्घटनाका दुई घाइतेलाई  हेलिकप्टरबाट काठमाडौं लगियो
 असोज २३ गते । बझाङ – जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

सिकिस्त घाइते भएका कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका –५, की १२ वर्षीया माया बोहरा र केदार स्युँ गाँउपालिका वडा नम्बर ६ बस्ने जीप चालक ४२ वर्षीय रणबहादुर खातीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।
अन्य घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

बझाङमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । कञ्चनपुर जिल्ला बेदकोट मंगलबार बिहान भएको जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।  कञ्चरपुर जिल्ला बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीया  विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीय धनबहादुर बोहराको घटनास्थलमा नै मृत्यु भएको र बेदकोट नगरपालिका ५ का  ३५ वर्षीय प्रेमबहादुर बोहराको उपचारका क्रममा देउरा स्वास्थ्य चौकीमा निधन भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यस्तै जीप दुर्घटनामा परि ११ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका बस्ने ३० वर्षीया मुडु बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ बर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र विरेन्द्र बोहरा रहेका छन् । यसैगरी बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप दुर्घटनामा परि चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाइतेहरुको उपचार नजिकैको देउरा स्वास्थ्य चौकीमा भैरहेको छ । बुंगलनगरपालिकामा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले