ताजा खबर

नम्रतामाथि उपन्यास लेखिँदै, ‘संघर्ष’मा केन्द्रित हुने

RadioTaplajung

नम्रतामाथि उपन्यास लेखिँदै, ‘संघर्ष’मा केन्द्रित हुने
असोज २३ गते । नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा उनले गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् ।

त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी ।

‘ब्लु भिडियो प्रकरणपछि उत्पन्न परिस्थितिको उहाँले साहसिक रुपमा सामना गर्नुभयो । यसले नै मलाई उपन्यास लेख्न प्रेरित गरेको हो,’ उनी भन्छन्, ‘कमजोर मन भएकाहरुले यस्तो घटना हुँदा समाजमा अनुहारै देखाउन सक्दैनन् । कतिपयले आत्महत्याको निर्णय समेत लिन्छन् । तर, उहाँले आफूलाई बलियो बनाएर फिल्ममा निरन्तरता दिइरहनुभयो ।’

नम्रतासित पूर्वस्वीकृति लिएरै आफूले उपन्यास सुरु गरेको प्रियासनले बताए । आउँदो वैशाख १ गते पुस्तक बजारमा ल्याउने लक्ष्य उनको छ । पुस्तकको नाम भने फाइनल गरिएको छैन ।

दाङको घोराहीमा बसोवास गर्ने पत्रकाररसाहित्यकार प्रियासन नम्रताकै कारण आफू उपन्यास लेखनमा फर्किएको बताउँछन् । हालसम्म ६ वटा उपन्यास प्रकाशित गरिसकेका उनी केही समय विश्राममा थिए । चलचित्र ‘सम्बोधन’ को च्यारिटी शोका लागि दाङ आएकी नम्रतासँग भेट भएपछि उनीमाथि उपन्यास लेख्ने सोच पलाएको प्रियासनले बताए ।

‘त्यसपछि उहाँको विषयमा अध्ययन गर्न यूट्यूब र अनलाइनहरु खुबै चहारेँ,’ उनी भन्छन्, ‘र, फिल्मका निर्देशकमार्फत नम्रतासँग प्रस्ताव राखेँ । उहाँले मौखिक स्वीकृति दिनुभयो ।’

त्यसपछि बारम्बार भेटेर र फोनमा उनीसँग छलफल हुने गरेको सुनाउँछन् प्रियासन । उनले उपन्यासको पहिलो पाण्डुलिपी तयार गरिसकेका छन् । यो पाण्डुलिपी उनले काठमाडौंमै आएर नम्रतालाई देखाएका थिए ।

‘पाण्डुलिपी हेरेपछि उहाँले केही कुरा झिक्न र केही थप्न भन्नुभएको छ,’ उनले भने, ‘यो वर्षभित्रमा उपन्यास तयार हुन्छ ।’
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण