ताजा खबर

नेपालको लगातार चौथो जित

SITENAME

नेपालको लगातार चौथो जित
असोज २३ गते । आईसीसी विश्व ट्वान्टी–२० क्रिकेट एसिया छनोट ‘बी’ को चौथो खेलमा नेपालले मंगलबार भुटानलाई हराएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनले पराजित गर्‍यो । यो नेपालको लगातार चौथो जित हो ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३३ रनमा सबै विकेट गुमाउन पुग्यो। नेपालको तर्फबाट प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए। यस्तै बलिङमा ललित राजबंशी र सन्दीप लामिछानेले ३र३ विकेट तथा बसन्त रेग्मीले २ विकेट हात पारे।

भुटानका तेन्जिङ वाङचुकले मात्रै डबल अंकको स्कोर बनाउन सके। उनले १९ बलमा ११ रन बनाए। भुटानका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। ४ जना व्याट्सम्यान त शुन्यमा नै आउट भए।

३ वर्षपछि राष्ट्रिय टिममा फर्केका प्रदीप ऐरी प्लेयर अफ दि म्याच भए। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

फ्रोसिनवनविरुद्ध रोनाल्डो, डिबाला र लियोनार्दोको एक–एक गोल, सिरी एमा युभेन्टसले १४ अंकको अग्रता

फागुन ४ गते । साविक विजेता युभेन्टसले इटालियन सिरी ए को शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाएको छ । गएराति भएको खेलमा युभेन्टसले रेलिगेसनबाट

SITENAME

डीपीएल : रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित, विराटनगर किंग्स ५ विकेटले पराजित

माघ २९ गते । धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले

फुटबलका नवयुग र जुडोकी देविका वर्ष उत्कृष्ट खेलाडी

माघ २८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्