ताजा खबर

नेविसंघमा ३२ वर्षे उमेर हद पारित

असोज २३। नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औं महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादकारूपमा देखिएको सो व्यवस्था टुंगिएसँगै संघको १२औं महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भइ तीन महिना समयावधि थपिएको छ । कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापनइतर पक्षको उमेरसम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो । बैठकले संघको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाएका थिए । संघको संशोधित विधानबारेमा कांग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिए । दिउँसो ३ बजेदेखि राति झन्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमासमेत निर्णय गरेको छ । बैठकले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुंगोमा पुर्‍याइ दोषीलाई कानुनी कारबाही गर्न माग गर्ने निर्णय गरेको छ । कांग्रेसले बूढीगन्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पुँजीमै बनाउनुपर्ने माग गरेको छ । बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उनले जानकारी दिए । मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्