ताजा खबर

सेभिल्ला ला लिगाको शीर्ष स्थानमा

RadioTaplajung

सेभिल्ला ला लिगाको शीर्ष स्थानमा
 असोज २२ गते ।  सेल्टा भिगोलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सेभिल्लाले सेल्टा भिगोलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन पाब्लो सराविया र विसम बेन यड्डरले गोल गरे । सेल्टा भिगोका लागि सोफियान बौफलले एक गोल फर्काएका थिए ।

खेलको ३९ औं मिनेटमा सेभिल्लाका लागि सरावियाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अग्रता बनाएको सेभिल्लाले दोस्रो हाफमा थप १ गोल गर्दा सेल्टा भिगोले पनि एक गोल फर्काएको थियो ।

खेलको ५८ औं मिनेटमा विसमले गोल गर्दै सेभिल्लालाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । खेलको ८५ औं मिनेटमा सेल्टा भिगोका लागि बौफलले गोल गर्दै २-१ गोलको स्थितिमा पुर्‍याए पनि सेभिल्लालाई रोक्न भने सकेन ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १-० गोलअन्तरले पराजित गरेको छ । यता, स्पानियोलले भिल्लारियललाई ३-१ गोलअन्तरले पराजित गर्दा रियल भलाडोलिडले हुइस्कालाई १-० गोलअन्तरले पराजित गरेको छ ।

जीतसँगै सेभिल्ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्लाले बार्सिलोनालाई पछि पार्दै ८ खेलबाट १६ अंकको साथमा शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा झरेको बार्सिलोनाको भने ८ खेलबाट १५ अंक रहेको छ ।

त्यस्तै, लिगको तेस्रो स्थानमा एथ्लेटिको मड्रिड पुगेको छ । मड्रिडको पनि समान १५ अंक रहेको छ । चौथो स्थानमा रियल मड्रिड रहँदा पाचौ स्थानमा स्पानियोल रहेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा