ताजा खबर

निर्मला पन्त बलात्कार र हत्या घटना: थप दुई प्रहरी निलम्बित

RadioTaplajung

निर्मला पन्त बलात्कार र हत्या घटना: थप दुई प्रहरी निलम्बित
असोज २२ गते । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक ९असई० हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको हो ।
आइतबार सार्वजनिक गरिएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले प्रहरी अनुसन्धान फितलो र शंकास्पद देखिएको निष्कर्ष निकाल्दै पुनस् सुक्ष्म अनुसन्धान गर्न सुझाव दिएको थियो।

चाँदनीले मृतक निर्मलाको लुगा पखालेको भिडियोमा देखिएको थियो भने प्रतिवेदनमा पनि उनले नियतवश नभई अन्जानवश नै लुगा पखालेको बयान दिएकी छन्। दुवै प्रहरी अधिकारीहरुले अनुशन्धानको क्रममा गम्भिर लापरवाही गरेको देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बनमा परेका थिए। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले