ताजा खबर

नेविसंघको उमेर हदले अखिलमा तरंग,एकीकरणबाटै हदबन्दी तोक्न बहस

RadioTaplajung

नेविसंघको उमेर हदले अखिलमा तरंग,एकीकरणबाटै हदबन्दी तोक्न बहस
असोज २२ गते । नेकपासम्बद्ध अनेरास्ववियुकी रुपन्देही जिल्ला नेता लक्ष्मी केसीले सोमबार फेसबुकमा लेखिन् ‘नेविसंघको ३२ वर्षे उमेर हदबन्दी निकै राम्रो निर्णय हो । तर हाम्रोतिर यो ३२ वर्ष जिल्लामै बित्ने जस्तो देखिन्छ । विद्यार्थीहरुमा नैराश्यता बढ्दो क्रममा छ, केन्द्रीय नेतृत्व छिटो आओस् ।’

४५ वर्ष उमेर कटिसकेका अध्यक्षले नेतृत्व गरेको कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाइने भएपछि सत्तारुढ नेकपाका विद्यार्थी संगठनमा उमेरको बहस पुनः शुरु भएको छ । यसअघि तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३० वर्षे उमेर हद लगाउने बहस चले पनि कार्यान्वयन भएको थिएन ।

सर्वोच्च अदालतको आदेश बमोजिम क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षभन्दा माथिकाले चुनाव लड्न नपाउने व्यवस्था कार्यन्वयन भइसकेपछि विद्यार्थी संगठनहरुमा उमेरहदको बहस चलेको थियो । तर नेतृत्वका दाबेदार अधिकांश नेताहरु ३५ वर्षभन्दा माथिका हुने गरेकाले विद्यार्थीको नेतृत्वमा उमेर हद लगाउन कठिन भएको छ ।

आइतबारमात्रै नेपाली कांग्रेसले विवादका बीच आफ्नो विद्यार्थी संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र पनि उमेरको बहसले पुनर्जीवन पाएको क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले बताए । उनले सकेसम्म दुई संगठनको एकीकरणबाटै उमेरको हद लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

अनेरास्ववियुमा उमेर हद र शैक्षिक योग्यताको बहस ३ वर्षअघिनै भएको थियो । तर तत्कालिन एमालेका अध्यक्ष केपी ओलीले विद्यार्थी राजनीति लोकसेवा पास गर्नका लागि नभएकाले उमेर र शैक्षिक योग्यताको बन्देज लगाउन नपर्ने भनेपछि अखिलमा उमेर हद लागेन ।

उमेर र शैक्षिक योग्यताको बहस अहिले पनि जारी रहेको र पार्टी एकीकरणपछि दुई विद्यार्थी संगठन एकता हुँदै गर्दा उमेर हद लगाउन सकिने अनेरास्ववियुकी सचिव आरती लामा बताउँछिन् । विद्यार्थी राजनीतिमा उमेर हद जरुरी भइसकेकाले आफूहरु पुनः यो बहसमा उत्रिएका लामाको भनाइ छ ।

उनले भनिन्(युवाको परिभाषा ४० वर्ष भनिएको छ । युवा संगठनमा ४० वर्षभन्दा माथिकाले बस्न नपाउने छ तर विद्यार्थीमा ४० कटेका पनि नेतृत्वमा छन् । म आफैं ३२ वर्ष हुन लागेँ, म नेतृत्वमा रहन्छु कि रहन्न भन्ने दोस्रो कुरा हो । तर विद्यार्थी संगठनमा उमेरको हद तोकिनुपर्छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन र अनेरास्ववियुकी उपाध्यक्ष सुनीता बरालले पनि संगठन एकीकरण गर्दानै उमेर हद लगाएर जान सकिने सुझाव नेतृत्वलाई दिएका छन् । यदि एकीकरणकै बेला उमेर हद लागेमा अहिले दुवै संगठनमा रहेका अधिकांश नेता बिदा हुनेछन् । अखिलमा उमेर हद ३२ कि ३५ वर्ष भन्ने बहस चलेको छ ।

३० देखि ३५ वर्षभित्र विद्यार्थी राजनीतिबाट विदा दिनुपर्ने विषय एकीकरणको बेलादेखि अर्को महाधिवेशनसम्म बहसमै रहने अखिलका नेताहरुले बताएका छन् । तर उमेर हदबाट अब विद्यार्थी संगठन पछि फर्किन नसक्ने क्रान्तिकारीका उपाध्यक्ष पुनले बताए ।

एमाले माओवादी एकीकरण भए पनि भातृ संगठनको एकीकरण भएको छैन । अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र दुई संगठन एकीकरणकै बेला उमेर हद लगाउने कि अर्को महाधिवेशनबाट लगाउने भन्ने दुईथरी धारणा छन् । अध्यक्षका दाबेदार रञ्जित तामाङ, ऐन महरलगायतले संक्रमणकालमा उमेर हद लगाउने भन्दा पनि एकता अधिवेशनबाट छलफल हुनुपर्ने तर्क गरेका छन् ।

युवासम्बन्धी राष्ट्रिय नीति तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पनि विद्यार्थी संगठनमा उमेरको हद लगाइनुपर्ने पक्षमा छन् । नेपालको सन्दर्भमा २५ वर्षभित्र अधिकांश विद्यार्थीले स्नातकोत्तर तहको पढाइ सिध्याउने भएकाले विद्यार्थी राजनीति गर्नेको उमेर हद ३० वर्षभन्दा माथि नराख्न हुने उनको सुझाव छ । स्रोतः अनलाइनखबर डटकम

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्