साक्षी महाराजले दिए राहुल गान्धीलाई चुनौती: उन्नावबाट चुनाव लडून्, हारे इटाली जाऊन्

साक्षी महाराजले दिए राहुल गान्धीलाई चुनौती: उन्नावबाट चुनाव लडून्, हारे इटाली जाऊन्
असोज २२ गते । भारतीय जनता पार्टी (बीजेपी) का सांसद साक्षी महाराजले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई खुला चुनौती दिएका छन् ।
साक्षी महाराजले राहुल गान्धी आफूसँगै उन्नावबाट चुनाव लड्न आग्रह गर्दै जो हार्छ उसले राजनीति छाड्नु पर्ने बताएका छन् ।
साक्षी महाराजले आजतकसँग कुरा गर्दै भने, ‘राहुल गान्धी उन्नाव आएर चुनाव लडून् । उनलाई खुला च्यालेन्ज भयो । म हारे भने राजनीति छोडिदिन्छु, उनी हारे भने इटाली जाऊन् ।’
साथै साक्षी महाराजले यस पटकको चुनावमा राहुल गान्धी जहाँबाट उठे पनि नजित्ने दावी गरेका छन् ।
साथै राम मन्दिरको मुद्धामा साक्षी महाराज भन्छन्, ‘राम मन्दिर बनिसकेको छ । भलै सानो होस् । अब विश्वको कुनै पनि तागतले मस्जितदको नाममा त्यहाँ एउटा इँटा पनि राख्न सक्दैन ।’
उनले २०१९ को लोकसभा चुनाव अगाडि नै अयोध्यामा राम मन्दिरको निर्माण सुरु हुने बताएका छन् ।
साक्षी महाराज २०१४ को लोकसभा चुनावमा उत्तर प्रदेशको उन्नावबाट सांसदमा निर्वाचित भएका थिए । त्यस्तै उनी यसअघि सन् १९९१ मा मथुरा, १९९६ र १९९८ मा फरुख्खाबादबाट लोकसभामा निर्वाचित भएका थिए ।
उनी पटक–पटक आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । उज्यालो अनलाइन

कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी
फागुन ४ गते । भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान
माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन

क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएको पुष्टि
माघ २२ गते । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा
प्रतिकृया दिनुहोस