ताजा खबर

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त

SITENAME

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
असोज २१ गते । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त भएका छन् ।

अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको पक्षमा दुई मत बढी परेपछि उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

अब उनी आजीवन यो पदमा रहने छन् । अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको मनोनयन अनुमोदनको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो ।

क्याभानोमाथि विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएपछि उनको नियुक्तिको विषयमा अमेरिकी समाज विभाजित भएको थियो ।

किशोरावस्थामा भएको भनिएको यौन हिंसाका बारेमा महिलाहरुले बोलेपछि सिनेटको न्यायिक समितिले दुवै पक्षसँग घटनाबारे जानकारी लिएको थियो ।

अन्तिम समयमा आएर संघीय जाँच आयोगले समेत घटनाको छानबिन गरेको थियो ।

संघीय जाँच आयोगले गरेको अनुसन्धानका क्रममा क्याभानो दोषी नदेखिएपछि नियुक्तिको प्रक्रियालाई मतदानमा लगिएको थियो ।

मतदानमा केही डेमोक्र्याटिकसहित पहिले विपक्षमा उभिएका महत्वपूर्ण रिपब्लिकन सिनेटरले पनि पक्षमा उभिने निर्णय गरेपछि उनलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको हो ।

यसलाई राष्ट्रपति ट्रम्पको राजनीतिक जितका रुपमा लिइएको छ ।

उनले प्रस्ताव गरेका काभानोगको नाम सिनेटले अनुमोदन नगरेको भए ट्रम्पलाई ठूलो राजनीतिक झड्का लाग्ने थियो ।

काभानोगको नियुक्ति अनुमोदन भएसँगै अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको पकड बलियो भएको छ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस
SITENAME

कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

फागुन ४ गते ।  भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको

SITENAME

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान

माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन

SITENAME

क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएको पुष्टि

माघ २२ गते । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा