ताजा खबर

टि-ट्वान्टी विश्वकप छनौट:सन्दीप र करन चम्किएपछि नेपालले थाइल्याण्डलार्इ १४० रनले हरायो

RadioTaplajung


टि-ट्वान्टी विश्वकप छनौट:सन्दीप र करन चम्किएपछि नेपालले थाइल्याण्डलार्इ १४० रनले हरायो
 असोज २१ गते ।  टि ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइस नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

यसअघी मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्डविरुद्ध माथिल्लो क्रमका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्ध शतक प्रहार गर्न सकेनन् ।

नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा पवेलिभन फर्किए ।

ज्ञानेन्द्रले सात र पारसले ५ रन जोडे । आरिफ शेख आठ रनमा मैदान बाहिरिए । नेपालले एक सय २८ रनमा सात विकेट गुमाएको थियो । तर करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए ।

दुइ चौका र चार छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काएका थिए । सोमपाल चार रनमा अविजीत रहे । वलिङ तर्फ पायुपुथ सङनार्डले चार विकेट लिए । जवाफमा थाइल्यान्ड ८ ओभर ५ बलमा १८ रनको अवस्थामा भारी बर्षा भएपछि खेल संभव भएन ।

थाइल्याण्ड विरुद्ध नेपालका संदिप लामिछानेले पांच विकेट लिएपछि थाइल्यान्डको पारी ध्वस्त बनेको थियो । जारी प्रतियोगितामा सन्दिपले लगातार दुई खेलमा ५ विकेट लिएका हुन । उनले यसअघि मलेसिया विरुद्ध पनि ५ विकेट लिएका थिए ।

प्रतियोगितामा उनको कूल १४ विकेट पुगेको छ । पहिलो ओभर देखि नै विकेट गुमाउन सुरु गरेको थाइल्याण्डको पारीलाई नेपाली बलरले ध्वस्त पारे । थाइल्याण्डका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । करण केसीले तीन र ललित राजवंशीले एक विकेट लिए ।

नेपाल जारी प्रतियोगितामा अपराजित छ । आफ्नो पहिलो खेलमा म्यानमारलाइ आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसिया माथि पनि आठ विकेटकै जित हात पारेको थियो ।

 तस्वीर सौजन्यस् रमन शिवाकोटी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा