ताजा खबर

ट्वीटर छोड्छु भनेपछि ट्रोलको शिकार भइन् सोनम कपूर

RadioTaplajung

ट्वीटर छोड्छु भनेपछि ट्रोलको शिकार भइन् सोनम कपूर
 असोज २१ गते । अभिनेत्री सोनम कपूरले शनिबार बिहान ट्वीटर छोड्न लागेको खबरले आफ्ना फ्यानहरुलाई आश्चर्यमा पारेकी थिइन् । उनले यो जानकारी दिए लगत्तै सोनम कपूर ट्वीटरमा ट्रोल भइरहेकी छिन् । सोनम यसरी ट्रोल भएको घटना यो पहिलो पटक भने होइन । उनी बेला बेलामा उनले दिएका बयानहरुका कारण ट्रोल हुँदै आइरहेकी छिन् ।

सोनमले ट्वीट गर्दै लेखेकी छिन् ‘म केही समयका लागि ट्वीटर छोड्दैछु । यहाँ धेरै नकारात्मक कुरा भइरहेका छन् । सबैलाई धेरै माया ।’

सोनमले यो ट्वीट गरेसँगै केहीले दुखी भए भने केहीले उनलाई ट्रोल गर्न सुरु गरे । सोनम कपूरको यस ट्वीटलाई एकता कपूरले समर्थन गरेपछि उनलाइसमेत ट्रोलर्सले निशाना बनाएका थिए ।

सोनमको यस ट्वीटको रिप्लाइमा एक जनाले लेखेका छन् ‘दीदी कहिलेकाँही होली, दिपावली मा आउदै गर्नु । सिधा र सादा व्यक्तिहरुसँग भेट्न पाउदा खुशी लाग्छ ।’ त्यसैगरी अर्काले लेखेका छन् ‘म त भन्छु अब फर्केरै नआनु ।’

सोनम कपूरले ट्वीटर छोड्ने भन्दै ट्वीट गर्नुको कारण हो की उनले केही दिन अघि ‘मुम्बईको बढ्दो प्रदुषणको बारेमा ट्वीट गरेकी थिइन । त्यस बेला पनि उनलाई अबदेखि सार्वजनिक गाडीमा यात्रा गर्नु भन्दै ट्रोल गरिएको थियो । सोनमले ति ट्रोलरलाई जवाफमा भनेकी थिइन् की ‘तिमीहरु जस्तो व्यक्तिका कारण महिलाहरु सार्वजनिक गाडीमा यात्रा गर्न डराउछन ।’

खबरहरुका अनुसार सोनम कपूरले यूट्यूब च्यानल एआइबीका कमेडियन उत्सव चक्रवर्तीको समर्थन गरेको ओरोप पनि लागेको छ । उत्सव चक्रवर्तीलाई नाबालक यूवतिहरुले यौन शोषण गरेको आरोप लगाएका छन् । तर सोनमले तिनै आरोपीलाई समर्थन गरेका कारण पनि ट्रोलर्सले ट्रोल गरिरहेका छन् ।
 उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण