ताजा खबर

फागूणमा अनमोलको ‘क्याप्टेन'

RadioTaplajung

फागूणमा अनमोलको ‘क्याप्टेन'
 असोज २० गते । नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ ।
चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । भूवनले अनलाइनखबरसँग भने(‘हामीलाई भीएफएक्सका लागि अझै २ महिना समय लाग्ने भयो । पुष र माघमा सिनेमा रिलिज गर्दा खासै फाइदा हुँदैन । यसैले, फागूणमा पुगेका हौं ।’

चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण