ताप्लेजुङमा गोठमा छोडेको बेवारिसे नावालक भेटियो

 

रेडियो ताप्लेजुङ /फुङलिङ नगरपालिका ८ दोखु सिरानको एउटा गोठमा सनिवार विहान एकजना बेवारिस नावालक फेला पारिएको छ । महिलाले लगाउने लुङगी र बर्कोले पोको पारेर घाँस माथि राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसिनाथ रेग्मीले बताए ।

रेग्मीका अनुसार ती नावालक नरवहादुर गुरुङको गोठ छेउमा भेटिएका हुन । स्थानियले सुकेटार बिमानस्थल सुरक्षा गार्डलाइ खवर गरेपछि प्रहरी र स्थानियले विमानस्थल सम्म ल्याएका थिए । प्रहरी नायव उपरिक्षक सञ्जय सिंह थापाले आफ्नै गाडि पठाएर सुकेटार देखि उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
वालक भेटिएको स्थल सुकेटार विमानस्थल देखि आधा घण्टाको दुरिमा पर्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय बालिका दिवसःरेडियो ताप्लेजुङमा बाल विवाह विषयमा नुवमी राई,अनिता पन्दाक र टीका लिम्बुबिच बहस

अन्तराष्ट्रिय बालिका दिवसःरेडियो ताप्लेजुङमा बाल विवाह विषयमा नुवमी राई,अनिता पन्दाक र टीका लिम्बुबिच बहस असाज २५ गते । आज अक्टोबर ११ तारिख अर्थात

SITENAME

सडक मर्मतमा स्थानीय सरकार

सीताराम गुरागाई । सिरिजंघा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङको ध्यान एक महिनायता सिनाम–आम्वेगुदिन सडकखण्डमा छ । भदौ २५ गतेको भिषण वर्षाले बगाएको

तेह्रथुमका जोशीलाई यूएईमा ५ वर्ष जेल र दुई लाख दिराम जरिवाना

तेह्रथुमका जोशीलाई यूएईमा ५ वर्ष जेल र दुई लाख दिराम जरिवाना असोज २४ गते । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै