ताजा खबर

मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भागदौड हुँदा दुई जनाको मृत्यु

२० असोज, । काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको मृत्यु भएको हो । ‘३ तले घरमा भित्र छिर्ने वित्तिकै एउटा चेन गेट रहेछ । त्यहाँ प्रहरीले चाबी खोलेर भित्र जान खोज्दा जुवाडेले हाम्रो टोली आएको चाल पाए’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने, ‘त्यसपछि त्यहाँ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।’ घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो । २३ जना पक्राउ, नाइके फरार ! प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ । तर, मुख्य नाइके भने भाग्न सफल भएकी छन् । प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो । त्यसको नाइके थिइन्, हेमा गुरुङ । उनले लामो समयदेखि जुवा खेलाउँदै आएको प्रहरी स्रोत बताउँछ । ‘दुई जना घाइते भएपछि प्रहरीको एउटा समूह उद्दारमा जुट्दा उनी उम्कन सफल भइन्’, एक प्रहरी अधिकारीले भने, ‘त्यही कारण रकम पनि कम बरामद भयो ।’ प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद .गरेको छ । जवा खेलेको घरमा एक पटकको १० हजार रुपैयाँ दिइने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घरबेटीलाई पनि पक्राउ गरेको छ । उनले यसअघि पनि एक पटक सोही घरमा जुवा खेलाइएको बयान दिएका छन् । थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले