ताजा खबर

बुढीसँगै भद्रगोल खेल्न पुगे माग्ने बुढा, साथमा दीपक र दीपा पनि

RadioTaplajung

बुढीसँगै भद्रगोल खेल्न पुगे माग्ने बुढा, साथमा दीपक र दीपा पनि
असोज १९ गते । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘भद्रगोल’मा यसपटक दर्शकले तीन जना नयाँ कलाकार देख्न पाउने भएका छन् ।

यस पटक भद्रगोलमा सिनेमा छक्का पञ्जा ३ को प्रचारको लागि कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पुगेका हुन् ।

हास्य श्रृंखला ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका छन् । सिनेमा निर्माणमा लागेपछि उनीहरु श्रृंखलामा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउने भएका छन् ।

गएको वर्ष पनि सिनेमाको प्रचारकै लागि निर्देशक तथा कलाकार दीपाश्री निरौला जिरे खुर्सानीको एक एपिसोडमा पुगेकी थिइन् ।

तर उनी त्यहाँ एकलै पुगेकी थिइन् । यस पटक भने उनको साथमा दीपक पनि भएका कारण दर्शकले फरक स्वाद पाउने छन् ।

त्यस्तै भद्रगोलमा सिनेमाको प्रचारकै लागि कलाकार केदार घिमिरेको उपस्थितिले पनि दर्शकले केही नयाँपन महसुस गर्न पाउनेछन् । केदारकी श्रीमती सीता घिमिरे पनि भद्रगोलकी नियमित कलाकार हुन् । उनी यस श्रृंखलामा चन्द्रमुखीको भूमिकामा छिन् ।

यस हिसाबले केदार र उनकी श्रीमती सीतालाई पनि दर्शकले फेरि एक पटक पर्दामा एक साथ देख्न पाउनेछन् ।

यस अघि उनीहरुले मेरी बास्सैमा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका थिए । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण