ताजा खबर

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न: प्रधानमन्त्री

RadioTaplajung

चैत्र २०, प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट्याएका हुन् ।
‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ उनले भने, ‘देशको शिर निहुरिने, अपमानबोध हुने कुनै काम नगरिकन सम्माजनक सम्बन्ध कायम गर्छौं।’

नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग पनि पारस्परिक सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताए। ‘भ्रमणलाई देश र जनताको हितमा कसरी धेरैभन्दा धेरै उपलब्धिपूर्ण बनाउन सकिन्छ त्यसतर्फ मेरो ध्यान केन्द्रित हुने छ’ उनले भने।

भ्रमणका क्रममा भारतसँग नयाँ सन्धि, सम्झौताभन्दा पनि विगतका सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिने प्रधानमन्त्री ओलीले बताए। ‘भारत भ्रमणमा सम्झौताको संख्यामाभन्दा सम्बन्धलाई यथार्थपूर्वक अगाडि बढाउँदै पहिला भएका सम्झौताहरुको कार्यान्वयन कसरी गर्ने भन्नेमा पनि मेरो ध्यान जानेछ’ उनले भने।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पर्सि भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले