ताजा खबर

‘जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ मिडियाले त्यसलाई सपोर्ट गर्ने, अरुलाई नगर्ने रहेछन्’

RadioTaplajung

‘जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ मिडियाले त्यसलाई सपोर्ट गर्ने, अरुलाई नगर्ने रहेछन्’
 असोज १५ गते । यो शुक्रबार एक साथ तीनवटा सिनेमा प्रदर्शनमा आए ।

प्रदर्शनमा आएका सिनेमामध्ये अनुराग र कथा काठमाडौंले औसत कारोबार गरिरहेका छन् । गएको सातादेखि प्रदर्शनमा आएको सिनेमा ईन्टु मिन्टु लण्डनमा केही हलहरुमा दोस्रो साता पनि हाउसफुल रहेको छ ।

यो साता रिलिज भएका सिनेमाको कुरा गर्ने हो भने  छिरिङ अन्य दुइवटा सिनेमाको तुलनामा कारोबारमा पछि परेको छ ।

यो सिनेमाले राम्रो कारोबार नगर्नुमा मिडियाको मुख्य भूमिका रहेको सिनेमाका निर्देशक तथा कलाकार यश कुमारले बताएका छन् । उनले आइतबार गफगाफसँग कुराकानी गर्दै आफूलाई मिडियाको कत्तिपनि सपोर्ट नभएको बताएका छन् ।

खासमा शुक्रबार सिनेमाको प्रिमियर गरिएको थियो । यश कुमारका अनुसार प्रिमियरमा झण्डै २ सय जति मिडियाकर्मीको उपस्थिति थियो । त्यहाँ आएका सबैले सिनेमाको बारेमा सिनेमाका कलाकारहरुसँग बाइट पनि लिए । तर कसैले पनि सार्वजनिक गरिदिएनन् ।

गफगाफ डटकमसँग कुराकानी गर्दै उनले आफूलाई मिडियाको सपोर्ट नभएको गुनासो गरेका छन् ।

उनले भने, ‘मिडियाको पनि गु्रुप हुने रहेछ । जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ त्यसलाई मात्र सपोर्ट गर्ने । हैन भने अरुलाई सपोर्ट नगर्ने रहेछन् ।’

मिडियाले प्रचार गरेको खण्डमा मात्रै दर्शक पनि हलसम्म सिनेमा हेर्न आउँछन् । यस हिसाबले छिरिङलाई मिडियाको सपोर्ट नभएका कारण कारोबारमा पछि परेको यश कुमारको भनाई छ ।

अहिलेसम्म सिनेमा हेरेका सबैले सिनेमा राम्रो भएको प्रतिकृया दिएका छन् । यसले भने यश कुमारलाई केही राहत दिएको छ ।

देशभरका ६० वटा हलमा प्रदर्शन सुरु गरेको छिरिङलाई यश कुमारले झण्डै २ करोडको लगानीमा निर्माण गरेका हुन् ।
 
अब यो सिनेमाले नेपालबाट लगानी उठाउन सक्ने सम्भावना कम देखिएको छ । उता विदेशको कुरा गर्ने हो भने पनि नेपालमा राम्रो चलेको सिनेमालाई मात्र विदेशमा माग गरिने गरिएको छ ।
 
यस हिसाबले ‘छिरिङ’ले लगानी उठाउन धौ धौ पर्ने देखिएको छ ।
 
सिनेमालाई दर्शकको खासै साथ नमिलेपछि यश कुमारले नेपालमा राम्रो सिनेमा बनाएर नचल्ने प्रतिकृया दिएका छन् ।

यो सिनेमाले हिमाली प्रदेशको जीवन शैलीलाई देखाएको छ ।  सिनेमामा अमेरिकामा बसेर फर्केर बसेको युवाले गाउँको विकास गर्न चाहन्छ । यहि विषयमा सिनेमा घुमेको छ । यस सिनेमामा यश कुमार, निमा रुम्बा, कामना भुजेलको मुख्य भूमिका रहेको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण