ताजा खबर

प्रधानमन्त्रि भन्छन:अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ -निर्मलाका हत्यारा प्रकरण

RadioTaplajung

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने- ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’

पत्रकार सूर्य थापाले सोधेको निर्मला हत्या प्रकरणसम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिए –

पहिलो कुरा म भनौं, यस्ता कुराहरु राजनीतिक हथकण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा, राजनीतिक दाउपेच, उछिनापाछिनका कुरा होइनन् । सामाजिक अपराध भनेको बुहतै निन्दनीय र दुःखद कुरा हो । त्यसमाथि जुन प्रकारका अमानवीयभन्दा पनि अत्यन्त निकृष्टखालका जघन्य अपराधका घटनाहरु घटेका छन्, यी अत्यन्तै दुःखद छन् । अत्यन्तै चिन्ताजनक छन् । र, यसले हाम्रो समाजिक मूल्यमान्यता र हाम्रो सामाजिक स्तर कहाँ जाँदैछ भन्ने हो ।

हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । अपराधकर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका कामहरु भए भने त्यो दुःखद कुरा हुन्छ । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।

कोही-कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन् ।

अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।

                                                                                                                          स्रोत अनलाईन खबर

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले