ताजा खबर

ताप्लेजुङमा ग्रामिण भेगका सर्वसाधारणको अस्पताल नै नपुगी जान्छ ज्यानः उडेर जाउ मौसम बाधक,गुडेर जाउ सडक छैन्

RadioTaplajung

ताप्लेजुङमा ग्रामिण भेगका सर्वसाधारणको अस्पताल नै नपुगी जान्छ ज्यानः उडेर जाउ मौसम बाधक,गुडेर जाउ सडक छैन्
रेडियो ताप्लेजुङ,असोज ११ गते । भौगोलिक बनावटका कारण कतिपय गाउँपालिकाका वडाबाट सदरमुकाम आइपुग्न दुई दिन हिड्नुपर्छ । मोटरमा आउनका लागि सडक छैन् । दैनिक उपभोग्य सामाग्री खरिद गर्नका लागि पिठ्यूमा ढाकर बोेकेर थाप्लोमा नाम्लो लगाउनुपर्छ । स्वास्थ्य केन्द्र,विद्यालयमा तथा सरकारी कार्यालयका कर्मचारीको आवतजावतमै (सदरमुकाम–गाउँ)समय धेरै वित्छ । फलरुवरुप सेवाग्राही सेवा उपभोग गर्नबाट बञ्चित छन् । दुर्गम भेगका सर्वसाधारणको पीडा यतिमै सिमित छ्रैन,सामान्य रोगकै कारण अस्पातल नपुगी ज्यान नै गुमाउन बाध्य छन् ।

फक्ताङलुङ गाउँपालिका–६,ग्याब्लाका १९ वर्षीय तेन्जिङ शेर्पाको गत भदौ २५ गते सामान्य उपचार अभावमा ज्यान गयो । उनको दाँत दुखेको थियो । दाँत दुखाईकै कारण भदौ २१ गते हेलिकप्टर झिकाइयो तर प्रतिकुल मौसमका कारण तीन दिनसम्म हेलिककप्टर बस्न सकेन् । भदौ २४ गते स्थानिय भेला भएर स्टे«चरमा बोकेर सदरमुकाम ल्याउने क्रममा बाटोमै मृत्यू भयो ।

मिक्वाखोला गाउँपालिका–४,साँवाका २५ वर्षीय पदमसुन्दर थलङको झाडापखालाकै कारण ज्यान गयो । गत असारमा (२०७४) उनले ज्यान गुमाए । स्थानिय स्वास्थ्य संस्थामा उपचार संम्भव नभएकाले जिल्ला अस्पताल ल्याउने क्रममा ज्यान गएको साँवाका २९ वर्षीय मोतीहाङ साँवा लिम्बुले बताए ।

यी प्रतिनिधिमुलक घटना मात्र हुन् । दुर्गमका कतिपय नागरिकले जिल्ला अस्पताल÷अस्पताल देख्न नपाउँदै ज्यान गुमाएका उदाहरण प्रशस्त छन् । सामान्य तरिकाले जीवनशैली गुजारिरहेका दुर्गमका नागरिकको हकमा मृत्युका कारण बन्छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार सामान्य रोगले कहिलेकाही महामारीको रुप लिने गर्दा ज्यानको खतरा हुने गरेको छ ।  

ग्याब्लाका डन्डु शेर्पाले भने,“सामान्य रोगको लक्षण महामारी बन्छ । उडेर जाउँ (हेलिकप्टर) मौसम बाधक,गुडेर जाउँ (सडक) मोटर छैन् ।” विरामीलाई व्यथाले च्यापेपछि के गरौ,कसो गरौ भन्ने अन्यौलमा पर्ने गरेकाले अन्तत विरामीको ज्यान नै जाने गरेको जिल्ला अस्पतालका प्रमूख डा. सचिन यादवको बुझाई छ ।

नेपालको संविधान २०७२ ले स्वास्थ सेवा मौलिक हकको व्यवस्था गरेपनि व्यवहारमा लागू हुन सकेको छैन् । नेपालको संविधान भाग–३,मौलिक हक र कर्तव्यको धारा ३५ को स्वास्थ्य संम्बन्धि हकको उपधार (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य  सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन् । तर व्यवहारमा कार्यान्वयन नहुँदा वर्षेनी दुर्गमका नागरिकले ज्यान गुमाउने गरेका छन् ।

तस्बिर
जिल्लाको दुर्गममध्येको एक फक्ताङलुङ गाउँपालिका–७,ओलाङचुङगोला बस्ती । यहाँबाट सदरमुकाम आउन २ दिन पैदल हिड्नुपर्छ । पहाडको बाटो अप्ठ्यारो हुने भएकाले विरामीलाई स्टे«चरमा ल्याउन गाह्रो हुने भएकाले हेलिकप्टर चार्टर गर्नु बाध्यता बनेको छ । प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण नहुँदा कतिपय विरामीले उपचार अभावमा ज्यान गुमाएका छन् ।  

 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा