ताजा खबर

‘इन्टु मिन्टु लण्डनमा’ को व्यापार अब्बल, विदेशमा पनि उत्तिकै माग

RadioTaplajung

‘इन्टु मिन्टु लण्डनमा’ को व्यापार अब्बल, विदेशमा पनि उत्तिकै माग
 असोज १२ गते । यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ ।

चलचित्रले राम्रो प्रदर्शन गरिरहेको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले मंगलबार १० शो दिँदा बुधबारका लागि १५ शो बाँडेको निर्देशक रेनशा बान्तवा राईको भनाइ छ ।

यस अर्थमा चलचित्रले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको मान्न सकिन्छ । सिंगल स्क्रीनमा भने आइतबारबाट दर्शकको उपस्थिति औसत रहेको निर्देशक राइको भनाई छ ।

बजारमा हालसम्मको कलेक्सन ४ करोड भएको भनेर समाचार आइरहेको भए पनि त्यो झुट भएको निर्देशक राइले बताइन् । हालसम्मको व्यापारलाई हेर्दा करिब ३ करोड पुग्न लागेको उनको भनाइ छ । नेपालको प्रदर्शनबाट कम्तिमा लगानी सुरक्षित गर्ने निर्माण टिमको विश्वास छ ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले अभिनेता धिरज मगरलाई डेब्यु चलचित्रले नै स्टार बनाएको छ । यता साम्राज्ञी राज्यलक्ष्मी शाहले फेरि एक पटक आफ्नो स्टारडम प्रमाणित गरेकी छन् ।

यता अभिनेता सारुक ताम्राकारका नाउँमा पनि एउटा सफल चलचित्र थपिएको छ । उनले यसअघि ‘रानी’ र ‘मेरो मामु’ चलचित्रमा अभिनय गरेको भए पनि दर्शकमाझ चिनिसकेका थिएनन् ।

अभिनेता सारुक ताम्राकारका लागि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र करियरकै  ’टर्निङ पोइन्ट’ बनेको छ भन्दा फरक नपर्ला । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले स्वदेशमै आशा गरे अनुसारको व्यापार गरिरहेको छ ।

यसैबीच चलचित्र युनिटले विदेशमा प्रदर्शनको थालनी गर्ने तयारीमा लागेको छ । निर्देशक राईले जानकारी दिए अनुसार करिब १० देखि १२ वटा देशमा चलचित्र प्रदर्शन गर्न लागिएको छ । केही देशहरुमा भने चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ ।

सुरुवातमा लण्डनबाट विदेश प्रदर्शन गर्ने तयारी भएको थियो तर केहि प्राविधिक कुरा नमिलेपछि लण्डन प्रदर्शनको मिति केही धकेलिएको छ । लण्डन प्रदर्शन पछि धकेलिएपछि  अष्ट्रेलिया प्रदर्शन अघि सारिएको छ ।

अक्टूबर ११, १२ र १३ तारिखमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन हुने बुझिएको छ । यस्तै, अक्टोबर २१ मा कोरिया, अक्टोबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको निर्देशक राइले बताइन् ।

अमेरिका, सिंगापुर, जापानलगायतका अन्य केही देशहरुमासमेत चलचित्र प्रर्शनका निम्ति कुरा भइरहेको निर्देशक राईको भनाइ छ ।

चलचित्र प्रदर्शनअघि निर्देशक राई र नायिका सम्राज्ञीबीच सम्बन्ध चिसिएको खबर बाहिरिएको भए पनि त्यो सत्य नभएको निर्देशक रार्इको भनाइ छ।

‘साम्राज्ञीले आफूले गर्नुपर्ने कर्तव्य गरेकी छन् । उनको कामबाट म खुशी नै छु’, रार्इले भनिन् ।

स्कृप्टले माग गरे आफूले निर्माण गर्ने अर्को चलचित्रमा पनि साम्राज्ञी नायिका रहन सक्ने बताइन् ।
 

– उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण