ताजा खबर

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

RadioTaplajung

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२ सम्म कुल विद्यार्थी मध्य ५ सय सम्म व्द्यिार्थी भएका विद्यालयले १०, ८ सय सम्मकाले १२ र सो भन्दा माथी विद्यार्थी संख्या भएका विद्यालयले १५ प्रतिशत निःशुल्क अध्यापन गराउनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले घोषणा गरेको सो विषय तत्काल संसोधन गरी साविककै १० प्रतिशत नगरे विद्यालयनै बन्द गर्ने चेतावनी दिएको हो । प्याब्सनले सरकारलाई एक महिने अल्टिमेटम दिएको छ । असोज मशान्तसम्म विधेयक नसच्याए दशै लगत्तै विद्यालय बन्द गर्ने चेतावनी दिएको खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्याब्सनका महासचिव राजेन्द्र वानियाले विधेयक संसोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने र अन्तराष्ट्रिय अदालतमा क्षतिपुर्ति माग्दै निजी व्द्यिालयमा अध्ययनरत १५ लाख विद्यार्थीको जिम्मा सरकारलाई लगाउने चेतावनी दिनुभयो।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले