ताजा खबर

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी

RadioTaplajung

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी
असोज १ गते । रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था गम्भीर बन्दै गएको छ । १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे  एसिड आक्रमण भएको थियो ।
उनीहरु तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गए । घरमा आमा र कान्छी बहिनी पनि थिए । बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ ९पुलहाउस० कुर्न गएका थिए । राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन् । दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले । सुस्मिताले घटना भएको रात सम्झिइन्, ‘हामीलाई एसिड हान्ने व्यक्ति देखेनौं, तर कुन बेला पानीमा डुबौंजस्तो मात्रै भएको थियो ।’

बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए । के भएको भनेर उनलाई थाहा थिएन । तेजाब हानेको भन्ने गाइँगुइँ सुनेपछि उनको हंसले ठाउँ छोडयो । उनले त्यो रात सम्झिए, ‘एम्बुलेन्स बोलाउँछु भनेर फोन निकाले हात कामेर नम्बर डायल गर्न सकिनँ, एउटै स्कुटरमा बच्चाहरुलाई राखेर अस्पतालतिर बत्तिएँ ।’ जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर भएका हुन् ।

सम्झनाको अवस्था निकै गम्भीर भएको उनको उपचारमा संलग्न डाक्टर पीयूष गिरीले बताए । उनले भने, ‘शरीरको ३५ प्रतिशत भाग जलेको छ, घाउ पनि निकै गहिरो छ ।’ २० प्रतिशतभन्दा बढी जलेका बिरामीको ज्यान जाने जोखिम हुने उनले बताए । एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । होसमा त छिन् तर बोल्न, खान या केही प्रतित्रिलया दिनसक्ने अवस्थामा छैनन् । शल्यक्रिया गरी उनको जलेको भाग काटेर फालिएको छ । अझै धेरै शल्यक्रिया गर्नुपर्ने डा। गिरीले बताए ।

सुस्मिताको भने अवस्था सुधारउन्मुख भएको डाक्टरको भनाई छ । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ । ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त भएको डा। गिरीले बताए । ठीक हुन भने केही समय लाग्ने उनको भनाई छ ।

राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन् । उनीहरूले गाउँकै प्रहरी कार्यालयमा खबर गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको आफूलाई बताएको बुबा जादोरलालले जनाए । गाउँमा जग्गा विषयमा केही व्यक्तिसँग उनको विवाद चलिरहेको थियो । उनलाई तिनै व्यक्तिले छोरीहरूमाथि एसिड छयापेको आशंका छ । उनी भन्छन्, ‘तेरो जिन्दगी बर्बाद गरिदिन्छु भनेर धम्की दिइरहन्थे, मैले धम्कीलाई गम्भीर रूपमा लिएको थिइनँ ।’

कमजोर आर्थिक अवस्थाका जादोरलाले उपचारका लागि समेत आफूसँग खर्च नभएको दुखेसो पोखे । गाउँमा चन्दा उठाउन लगाएर उपचार खर्च जुटाएको उनी बताउँछन् । उनी भन्छन्, ‘ उपचार त जसरी पनि गरौंला, निर्दोष छोरीमाथि एसिड हान्नेलाई कारबाही होस्, हामीलाई न्याय होस् ।’ ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले