ताजा खबर

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब
वैशाख २ । प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो ।

झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै उनीविरुद्ध मुद्दा चलाएर प्रहरीले छानबिन अगाडि बढायो । न्यौपानेले साबिकको जंगडिया गाविसमा २०६३ मा खटेको टोलीका कर्मचारीलाई १८ हजार रुपैयाँ दिएर नागरिकता लिएको बयान न्यौपानेले दिए । प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर टोलीले वितरण गरेको अनुसूची फारमको कागजपत्र माग गर्‍यो । तर उक्त गाविसमा खटिएको टोलीले वितरण गरेको नागरिकताका सबै कागज पानी चुहिएर गलेको जवाफ प्रहरीले पायो ।

जिल्ला प्रहरी कार्यालयले रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई प्रमाण नष्ट भएकोबारे छानबिन गर्न अनुरोध गर्‍यो । नागरिकता लिंदा पेस गरेको अनुसूची फारम प्रशासनबाट गायब भएको खुलेपछि ओलीले छानबिनमा चासो देखाए । उनको सरुवापछि छानबिन रोकियो ।

टोलीले त्यसबेला विभिन्न प्रलोभनमा परेर ३० भन्दा बढी भुटानी नागरिकलाई झुटो विवरणको भरमा नागरिकता वितरण गरेको पाइएको छ । ओलीपछि आएका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले कर्मचारीको बदमासी भएको बताएका थिए । नागरिकताको कागज गायब गर्नेले उन्मुक्ति नपाउने उनको भनाइ थियो । तर, अहिलेसम्म अनुसन्धान प्रक्रिया अघि बढेको छैन न त कुनै कर्मचारीमाथि कारबाही भएको छ ।

न्यौपानेले नागरिकता लिएको उक्त गाविसमा मुस्लिम, साह, चमार, बनिया, कानु र यादवलगायतका समुदाय बसोबास गर्छन् । त्यसमा पनि मुस्लिम समुदायको बाहुल्यता छ । टोलीले गौतम, भट्टराई, तिमल्सिना, न्यौपाने, आचार्य, पौडेल र कार्की थरका ३० भन्दा बढी भुटानीलाई नागरिकता दिएको खुलेको छ । ०६३र०६४ को टोली नम्बर ११ बाट उनीहरूले त्यहीं जन्मिएको झुटो विवरण बनाएर नागरिकता लिएका हुन् । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको रजिस्टरमा त्यसबेला खटिएको टोलीले ६३ जनालाई जन्मका आधारमा नागरिकता वितरण गरेको उल्लेख छ । तर ३० भन्दा बढीले झुटो विवरण पेस गरेर नागरिकता लिएको तत्कालीन प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए । तिवारी अहिले गुजरा नगरपालिकाका प्रशासकीय प्रमुख छन् । भुटानीले नागरिकता लिंदा तयार गरिएको रजिस्टरको कैफियतमा सचिवको नामसमेत उल्लेख छैन ।

सचिवकै सिफारिसको भरमा टोलीले भुटानीलाई नागरिकता दिएको हो । जिंगडियाका शेख अब्दुलले गाविसमा पहाडे समुदायका मानिसको बसोबास नरहेको बताए । ‘पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराबाहेक यो गाउँमै पहाडे समुदायका मानिस छैनन्,’ उनले भने, ‘जबराको पनि जन्म यहाँ भएको होइन । उनले गाउँमा पछि घर बनाएका हुन् ।’

भुटानीले झुटो विवरण पेस गरेर टोलीबाट नागरिकता हात पारेको उनको दाबी छ । अनुसूचीलगायतको कागजपत्र प्रशासन कार्यालयबाट कसले गायब गर्‍यो अझै खुलेको छैन । जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन चन्द्रनिगाहपुरमा सबै कागज बुझाएको दाबी गरेको छ । इलाका प्रशासनका कर्मचारीले नागरिकतासम्बन्धी रजिस्टरबाहेक कुनै कागज नआएको बताए ।

अनुसन्धान भएन
भुटानी नागरिक न्यौपाने पक्राउ परेपछि रौतहटमा ४ जना प्रमुख जिल्ला अधिकारी आए । उनीहरूले नागरिकताका विषयमा कुनै छानबिन गरेका छैनन् । प्रशासनका कर्मचारीले सबै कागज सडेर नष्ट भएको जनाएपछि प्रमुख जिल्ला अधिकारीले चासो नदिएका हुन् । नागरिकता लिएकाहरू कहाँ र के गर्दैछन भन्ने विषयमा समेत प्रशासनले मतलब गरेको छैन । प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले ०६३ को टोलीले कसरी र केका आधारमा नागरिकता दिएको रहेछ त्यसबारेमा बुझ्ने बताए । ‘सरकारी काम भनेर छानबिनमा चासो नदेखाएका होलान्,’ उनले भने, ‘नागरिकताको मुद्दा निकै जटिल हुन्छ । यसलाई गहिरिएर हेर्नुपर्छ ।’ स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

पत्नीलाई माइत जान दिएको निउँमा युवकले गरे बुवा र ठूलाबाको हत्या

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।बलियाका २१ वर्षीय जहरसिंह

SITENAME

यी हुन मंगल ग्रहबारेका १० रोचक तथ्यहरु

मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले प्रक्षेपण गरेको यान इनसाइट ल्यान्डर सोमबार सफलतापूर्वक मंगलको सतहमा पुगेको छ

SITENAME

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश  मंसिर २१ गते । मोरङ – साढे ३३ किलो सुन तस्करी र