ताजा खबर

दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

SITENAME

दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने
असोज १ गते । दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।

अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहायता कक्षा कति र कुन ठाउँमा राख्ने भन्ने विषयमा भोलिदेखि परामर्श सुरु गरिने विभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष १२ ठाउँमा काउन्टर राखिएको थियो । यस्तै चाडपर्वको समयमा बढी भाडा लिनेलाई कारबाही गर्न भोली नै ट्राफिक प्रहरी र मातहतका निकयलाई पत्राचार गरिने प्रवक्ता उपाध्ययले बताउनुभयो ।

यात्रुको समस्यालाइ ध्यानमा राखी आफुहरु ५ गते अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको र यसको पूर्वाधार निर्माणको जिम्मा सरकारले लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि मूल्यबृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने लगायत माग राख्दै व्यवसायीहरु बुकिङ खुल्ला गर्न आलटाल गरिरहेका थिए । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

उड्डयन प्राधिकरणले भन्यो-‘ईयूको उडान निषेध ‘अन्तर्राष्ट्रिय प्रचलन बाहिर’

मंसिर २४ गते । आफ्ना सदस्य राष्ट्रहरूको आकाशभित्र उड्न रोक लगाउने युरोपियन युनियन (ईयू) को निर्णयलाई नेपाली नियमनकारी निकाय नागरिक उड्डयन

SITENAME

सिक्टा भ्रष्टाचार प्रकरण :‘भ्रष्टाचारी नउम्किऊन् !’

सिक्टा भ्रष्टाचार प्रकरण :‘भ्रष्टाचारी नउम्किऊन् !’ मंसिर २३ गते । ढकेरी (बाँके) : वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर

SITENAME

आयल निगममा कुर्सीदौडः लोडसेडिङ गराउनेदेखि सिक्टा डुबाउनेसम्म

आयल निगममा कुर्सीदौडः लोडसेडिङ गराउनेदेखि सिक्टा डुबाउनेसम्म मंसिर २० गते । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका दाबेदारहरुले राजनीतिक लबिङ