ताजा खबर

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति

RadioTaplajung

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति
 भदौ २९ गते । सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।

गत सेप्टेम्बरमा ९मा भारतमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै उनले यो निर्णय लिएको बुझिएको छ ।

यस निर्णयमा भुवन केसी तथा उनका पुत्र अनमोलकोसमेत सहमति रहेको बताइएको छ । सुस्मिताले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डे मा गर्ने तायरी गरेकी छिन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका  स्वामी  धनाढ्य व्यापारी भएको बुझिएको छ ।  अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् ।

दुइवर्ष अगाडि उनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । तर उनको चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । भुवन र सुस्मिताको डिभोर्स सन् २००१ मा भएको थियो ।

सुस्मिताले भुवनसँग ‘नेपालीबाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्रहरुमा सँगै काम गरेकी थिइन् ।

स्रोतः उज्यालो र गफगाफ डट कमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण