ताजा खबर

३९औं बाल दिवसः ताप्लेजुङमा सरकारी तथा निजी विद्यालयमा कार्यक्रमको रौनक

RadioTaplajung

बाल दिवसः ताप्लेजुङमा सरकारी तथा निजी विद्यालयमा कार्यक्रमको रौनक
भदौ २९ गते ,रेडियो ताप्लेजुङ । आज भदौ २९ गते अर्थात बाल दिवस । ताप्लेजुङसहित देशभरका सरकारी तथा निजि विद्यालयहरुमा विविध गरि मनाइएको छ । अध्यापनकै क्रममा दिवंगत भएका लालवहादुर गुरुङ स्मृती दिवस मेची सेण्ट मेरिज बोर्डिङ स्कुलले अन्तरमावि छात्रा भलिवल प्रतियोगीताको आयोजना गरि मनाएको छ । प्रतियोगीतामा आयोजक मेची सेन्टमेरिज प्रथम तथा अक्सफोर्ड आवासिय मावि दोश्रो भएको प्रिन्सिपल दिनेश प्रसाईले बताए । फुङलिङ नगरपालिका–६ निवासी गुरुङ दिवंगत भएपछि बिद्यालयले प्रत्येक बर्ष यो दिवस मनाउने गरेको छ । दिवसको अवसरमा आयोजीत श्रद्धाञ्जली सभामा संस्थापक सुरेश लामाले जिल्ला अस्पतालको हातामा बनाएको चौतारोको ब्यवस्थापन नभएको भन्दै गुनासो गरे ।
कार्यक्रममा फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन चेम्जोङले निजी बिद्यालयले वालवालिकाको कुलतको विषयमा ध्यान दिनुपर्ने वताए । प्याब्सनका केन्द्रिय सदस्य युवराज गिरीले सरकारले निजी बिद्यालयलाई लगाम लगाउन खोजेको तर निजी बिद्यालय रचनात्मक बनेको बताए । उनले अरु निकाय सुस्ताईरहदा आज निजी बिद्यालयले वाल दिवस मनाइरहेको भन्दै गर्भ गरे ।  प्याब्सन ताप्लेजुङका अध्यक्ष इन्द्र गुरुङले अग्रजलाई सम्झनु दायित्व भएको बताउँदै दायित्वबोध गरेकोमा सेण्टमेरिजलाई धन्यवाद दिए ।
दिवसकै अवसरमा ताप्लेजुङ सिद्धार्थ एकेडेमी उकालीपानीमा मेमोरी रेस,स्विट रेस तथा बेलुन फुटाई कार्यक्रम सम्पन्न गरेको छ । सिदार्थमा अध्यनरत कक्षा–६ का विद्यार्थीको आयोजना तथा विद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतामा विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल इन्द्र वहादुर गुरुङ,संस्थापक विनोद गुरुङ तथा अभिभावक प्रेम बहादुर गुरुङले पुरस्कार प्रदान गरे । उता कालीका मावि नाङखोल्याङमा पनि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सदनस्तरीय हाजिरीजवाफमा पारिजात सदन प्रथम भएका छन् । भानुभक्त र लक्ष्मीप्रसाद सदन क्रमश दितिय र तृतीय भएको विद्यालयका शिक्षक हरि प्रसाद पौडेलले बताए । आधारभुत र मावि तहको हिसाबदौड समेत सम्पन्न भएको छ । यता लिटल बुद्ध आवासिय माविमा कक्षा ६ का विद्यार्थीको आयोजनामा हाजिरीजवाफ,नृत्य तथा विभिन्न कार्यक्रम भएको प्रिन्सिपल यूवराज गीरीले बताए । ताप्लेजुङ बुद्ध बोर्डिङ काहुलेमा नृत्य,हेन राइटिङ,ड्रइङ र क्विज प्रतियोगीता भएको प्रिन्सिपल इन्द्र कुमार गुरुङले बताए । यता कंञ्चन एकेडेमीमा समेत विभिन्न कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल लेनिस खड्काले जानकारी दिए । फक्ताङलुङ गाउँपालिका–२ स्थित खेजेनिममा आदर्श माविमा सदनस्तरीय फुटबल प्रतियोगीता सम्पन्न भएको छ । स्थानिय जगन पौडेलका अनुसार खेजेनिम आधारभुत विद्यालयमा हाजिरीजवाफ प्रतियोगीता र हिमाली रत्न आधारभुत विद्यालयमा बालगीत प्रतियोगीता सम्पन्न भएका छन् । आठराई त्रिवेणी गाउँपालिकास्थित चाँगे माविमा कक्षा ११  १२ का विद्यार्थीबिच वक्तृत्वकला कार्यक्रम भएका छन् । कक्षा ९ र १० का विद्यार्थीबिच निवन्ध प्रतियोगीता भएको शिक्षक दुर्गा निरौलाले जानकारी दिए । कक्षा ६ देखि ८ का विद्यार्थीबिच शब्द लेखन र कक्षा १ देखि ५ सम्मका विद्यार्थीबिच नृत्य प्रतियोगीता भएको शिक्षक निरौलाले बताए ।

तस्बिरःबाल दिवसको अवसरमा कार्यक्रम समापनपछि ताप्लेजुङ सिद्धार्थ एकेडेमी परिवार तस्बिर खिचाउँदै ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक