ताजा खबर

साफ च्याम्पियनसिप: मालदिभ्ससँग नेपाल ३–० ले पराजित, फाइनल पुग्ने नेपालको सपना चकनाचुर

RadioTaplajung

साफ च्याम्पियनसिप: मालदिभ्ससँग नेपाल ३–० ले पराजित, फाइनल पुग्ने नेपालको सपना चकनाचुर
भदौ २८ गते । माल्दिभ्ससँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
 
ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेन ।
 
चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । बुधबार ढाकामा पनि नेपालको त्यही नियति दोहोरियो ।
 
खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
 
रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट क्लियर गरेको बलमा इब्राहिमले गोल गरेका थिए ।
 
त्यसको तीन मिनेटपछि नेपालले तेस्रो गोल खान पुग्यो । यतिबेला पनि नेपालको रक्षापंक्ति निकै कमजोर देखियो । गोलरक्षक किरण चेम्जोङ आफ्नो पोजिसनबाट अगाडि बढेको अवस्थामा इब्राहिमले नै पेनाल्टी एरियाबाट गोल गरे ।
 
२७औं मिनेटमा मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण खेल केहि समय रोकिएको थियो । करिब आधा घण्टापछि सुरु भएको खेलमा नेपालले गोलका केही अवसरहरु सदुपयोग गर्न सकेन ।
 
पहिलो हाफको अन्त्यतिर भरत खवास गोल गर्ने सुनौलो अवसरबाट चुक्न पुगे । त्यस्तै ७५औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले पनि त्यस्तै मौका गुमाए । बिमल घर्तीमगर र सुनील बलले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।
 
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।
 
सुरुमे गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा