लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता

SITENAME

लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता
 भदौ २८ गते ।  अविरल वर्षापछि आएको पहिरोमा परि लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको छ ।

त्यस्तै  पहिरोमै परि श्रीचौरकी ४७ वर्षीया बिष्णुकुमारी गुरुङको  मृत्यु भएको छ ।

 बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीमा पहिरोमा परि २ जना जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दीमा एक्कासि आएको बाढीले बगाउँदा बेसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जनालाई मस्र्याङ्दीले बगाएको छ ।

लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मी प्रसाद  थारुलाई मर्स्याङ्दीले बगाएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको ढकालले बताउनुभयो । उज्यालो अनलाइन
 

प्रतिकृया दिनुहोस
SITENAME

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित

SITENAME

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी

एसिड आक्रमण पीडितको अवस्था गम्भीर, पक्राउ परेनन दोषी असोज १ गते । रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था

SITENAME

गोरखामा पहिरोबाट विस्थापित बस्तीमा खाद्यान्न संकट

गोरखामा पहिरोबाट विस्थापित बस्तीमा खाद्यान्न संकट  भदौ ३० गते । गोरखाको धार्चे गाउँपालिका–७, लापूको खानीगाउँका पहिरो प्रभावितहरुलाई