रोनाल्डो बिनाको पोर्चुगलले हरायो इटालीलाई

SITENAME

रोनाल्डो बिनाको पोर्चुगलले हरायो इटालीलाई
भदौ २६ गते । रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ ।

सोमबार राति भएको समूह चरणको खेलमा पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए ।

जसका कारण नियमित कप्तान विना नै मैदानमा उत्रिएको पोर्चुगलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए । रसिया विश्वकपमा छनोट हुन नसकेको इटलीले त्यसपछि खेलमा फर्कने मौका पाए पनि सफल भएन। हारपछि इटली समूह चरणबाट बाहिर भएको छ । 

प्रतिकृया दिनुहोस

जेल जानबाट बचे रोनाल्डो, १६.६ मिलियन भने तिर्नुपर्ने

२०७५ माघ ८ गते ।  स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३

SITENAME

ताप्लेजुङको हाङदेवास्थित लामपोखरीमा पुरुष फुटबल सुरु,आयोजक सेतो र निलो पराजित

रेडियो ताप्लेजुङ,माघ ८ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवामा आजदेखि तेश्रो लामपोखरी च्यालेन्ज रनिङ कप पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ ।

SITENAME

टाइब्रेकरमा उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

माघ ८ गते । अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय