ताजा खबर

आठराईमा स्वास्थ्य केन्द्रबाटै औषधी विक्री, जनता ठग्ने कार्य भएको स्थानीयको भनाई

 


तेह्रथुम, २५ भाद्र । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य कर्मीहरुले स्वास्थ्य केन्द्र भित्रै औषधी विक्री गर्न थालेका छन् । स्वास्थ्य केन्द्र भित्रै चर्को मूल्यमा औषधी विक्री गरी जनता ठग्ने कार्य भएको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन् ।

सेवाग्राहीहरुको गुनासो आउन थालेपछि आइतबार स्थानीयहरु स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्य कर्मीहरुलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको स्थानीय महेन्द्र विमलीले बताउनु भयो । औषधी विक्री सम्बन्धि सेवाग्राहीहरुको आरोप स्वास्थ्य केन्द्रका प्रमुख डा.सन्तोष शाहले स्वीकार्नु भएको बिमलीले बताउनु भयो ।

स्वास्थ्य केन्द्रमा आएका विरामीहरुलाई स्वास्थ्यकर्मीहरुबाट चर्को मूल्यमा औषधी विक्री गरी ठग्ने काम भएको स्थानीय बासु बरालले बताउनु भएको छ । विभिन्न बहानामा विरामीहरुलाई आर्थिकरुपमा स्वास्थ्य केन्द्रले बोझ थप्ने काम गरेको उहाँले बताउनु भयो ।

निःशुल्क उपलब्ध हुने औषधी बाहेक स्थानीय मेडिकलमा नपाइने औषधी विरामीलाई स्वास्थ्य केन्द्रमै किन्न लगाइएको आठराई गाउँपालिकाका स्वास्थ्य प्रमुख एवम् प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सन्तोष शाहले बताउनु भयो । जनताको सेवाको लागी इमरजेन्सी औषधीहरुमात्र विरामीलाई बिक्रि गरिएको उहाँले उल्लेख गर्नु भयो ।

स्वास्थ्य केन्द्रमा भएको गतिविधिको बारेमा अहिले समाजिक संजालमा समेत विरोध हुन थालेको छ । स्वास्थ्य केन्द्रमा भएको औषधी विक्री वितरण र जनगुनासोका विषयमा चाडै छलफल गरी समस्याको सामधान गरिने आठराई गाउँपालिका वडा नं. १ वडा अध्यक्ष कमलबहादुर लिम्बूले बताउनु भयो ।

 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक