ताजा खबर

मोदी र प्रचण्डबीच भेटवार्ता, सगरमाथाको पानीबाट ‘मिनरल वाटर’ बनाउन छलफल

SITENAME

मोदी र प्रचण्डबीच भेटवार्ता, सगरमाथाको पानीबाट ‘मिनरल वाटर’ बनाउन छलफल
भदौ २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा भएको छ ।

भारत भ्रमणमा रहेका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो ।

नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् । ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’ प्रेस नोटमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार नै भारतीय विदेश मन्त्री सुषमा स्वराज र भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

मन्त्रिपरिषद्‍का निर्णयमा थप कडाई, मन्त्रीहरुलाई प्रधानमन्त्रीद्वारा पुन: सचेत,सक्नुहुन्छ भने खोजी पत्रकारिता गर्नुस्: सञ्चारमन्त्री

मन्त्रिपरिषद्‍का निर्णयमा थप कडाई, मन्त्रीहरुलाई प्रधानमन्त्रीद्वारा पुन: सचेत,सक्नुहुन्छ भने खोजी पत्रकारिता गर्नुस्: सञ्चारमन्त्री कार्तिक ३०

SITENAME

प्रेम सम्बन्धले मन्त्री पद गुम्यो

कात्तिक ३० , सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ

SITENAME

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने  नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ  कात्तिक २६ गते । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला