ताजा खबर

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली
भदौ १८ गते । इन्टरनेट सञ्जालमा आएको विज्ञापनका भर परेर रेस्टुराँमा काम खोज्दै गएका सर्लाही र चितवनका ४ युवा फिलिपिन्स पुगेर ५ महिनायता बिचल्ली बनेका छन् ।
राजधानी मनिलाबाट झण्डै २ घण्टा भित्रको सानो सहर डस्मा कभिटेमा सञ्चालनमा आउन लागेको एक भारतीय रेस्टुरेन्टमा काम गर्ने भनी आएको विज्ञापन गर्ने भारतीय सञ्चालकले विगतमा पनि थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । बिचल्ली रहेकामध्ये सर्लाहीका २१ वर्षे बसन्त खड्काका अनुसार भारतीय सञ्चालक मनिषकुमार रविन्द्रप्रसाद देवले मनिला उत्रिएपछि नेपाली कामदारबाट जनही २ हजार डलर सेवा शुल्क लिएका थिए । देवले इन्टरनेटमा राखेको बिज्ञापन९जब सच०मा भर परेर चितवनका दीपेश श्रेष्ठ र सुनिल थापा भने ५ महिनाअघि मनिला गएका थिए । अर्को चरणमा, ४ महिनाअघि चितवनकै एलसी श्रेष्ठ र सर्लाहीका बसन्त खड्का ३ महिनाअघि मनिला गएका थिए ।

थ्बmबजब
‘हामी टुरिस्ट भिसामा आएका हौं, तर काम पनि पाइएन,’बसन्तले फोनमा भने—‘अहिले भारतीय मालिक पनि बेपत्ता छन् । हामी डस्मा कभिटेकै एक रेष्टुरेन्टमा बसेर गुजारा चलाइरहेका छौं ।’ अब आफ्नै टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिती आएको र घरफिर्ती प्रकृयामा सहयोग चाहिरहेको बसन्तले भने । ‘छोरो बिचल्ली बनेको खबर सुनेका छौं,’सर्लाही, हरिवनबाट बसन्तका बुबा बालमुकुन्द खड्काले भने—‘रेष्टुराँमा राम्रो जागिर पाउने भनेर भारतीय संचालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झण्डै १ लाख रुपैंया खर्च भएको थियो, अब पैसा डुबे पनि छोरो घर फर्कियोस् भन्ने इच्छा छ ।’ ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले