ताजा खबर

मलेसियामा आममाफी कार्यक्रम सकियो, अवैध कामदार फेरि धरपकडमा पर्ने

RadioTaplajung

मलेसियामा आममाफी कार्यक्रम सकियो, अवैध कामदार फेरि धरपकडमा पर्ने
भदौ १५ गते । मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्रि प्लस वान सरेन्डर प्रोग्राम’ भनिने आममाफी कार्यक्रम बिहीबार सकिएको छ । यसअघि गतवर्ष फेब्रुअरी १५ देखि सञ्चालन गरिएको कार्यक्रम सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध अझै थप कडाई गरिने र देशव्यापी धरपकड गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।
मलेसियाली अध्यागमन विभागका प्रमुख मुस्ताफिर अलिले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले बिहीबार मध्यरातदेखि नै त्यस्ता कामदारविरुद्ध देशव्यापी धरपकड गरिने बताए । मलेसिया सरकारले यसअघि त्यस्ता कामदारलाई वैधानिकता प्रक्रियामा दर्ता भई काम गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ’ कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

मलेसियाले वैधानिकताका लागि दर्ता भएका कामदारलाई ‘इन्फोर्समेन्ट कार्ड’ निस्शुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो । तर, कयौं आप्रवासी कामदार झन्झटिलो प्रक्रियाका कारण वैधानिक हुनबाट बञ्चित भएका बताइन्छ । त्यसरी वैधानिक हुने कार्यक्रम गत जुन महिनामै समाप्त भइसकेको छ । तर, आममाफी कार्यक्रम भने पूर्व निर्धारित भएअनुसार नै बिहीबार सकिएको हो ।

अवैधानिक आप्रवासी कामदारका लागि पटक पटक आममाफी र वैधानिकता कार्यक्रम सञ्चालन गरिसकेको छ । पछिल्लोपटक गत सन् २०१४ यता आममाफी कार्यक्रमको अवसर उपयोग गरी ८ लाख ६७ हजार ३ सय ३६ जना आप्रवासी कामदार स्वदेश फर्किएका मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीमध्ये झण्डै १ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।

नेपाली दुतावासका अनुसार यसै वर्ष गत ८ महिनाको अवधिमा मात्रै उक्त कार्यक्रमको उपयोग गरी १२ हजार ८ सय ४१ नेपालीहरु स्वदेश फर्केका छन् । स्वदेश फर्कन चाहनेले दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागलाई उसले तोकेको जरिवाना र विशेष पासको शुल्क गरी ९४ सय रिंगिट० तिरेर स्वदेश फिन पाउँथे ।

नेपाली दूतावासले यसअघि त्यस्ता नेपालीहरुलाई अविलम्ब दूतावासको सम्पर्कमा आउन र आवश्यक प्रक्रिया मिलाई स्वदेश फर्कन आग्रह गर्दै आएको थियो । तर, अब उक्त प्रक्रिया सकिएको र म्याद नथपिने अधिकारीहरुले जनाएका छन् ।

मलेसियाले स्वदेश फर्कन वा वैधानिकता प्रक्रियामा सहभागी हुन दिइएको लगायतका अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गर्दै आइरहेको छ । गत ८ महिनायता २९ हजार ४० जना त्यस्ता आप्रवासी पक्राउ परिसकेका बताइएको छ । पक्राउ पर्नेमा नेपाली न्यून छन् ।

आप्रवासी कामदारका होस्टल, उनीहरु जमघट हुने एवं लुकेर बसेको हुनसक्ने ठानिएका स्थानहरु धरपकडको निसानामा पर्दै आएका छन् । स्वदेश फर्कन अवैधानिक आप्रवासी कामदारहरुका लागि दिएको अवसर सकिँदा अझै पनि कयौं नेपालीहरु गैरकानुनी कामदार रहेको हुनसक्ने आशंका कायमै छ ।

केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार वैधानिक रुपमा करिब ४ लाख ८५ हजार नेपालीहरु वैधानिक रुपमा कार्यरत छन् ।विभिन्न मुलुकका गरी करिब २० लाख वैधानिक आप्रवासी कामदार कार्यरत रहेको भनिएको मलेसियामा अवैधानिक आप्रवासी कामदारसम्बन्धी समस्या ठूलै चुनौती बन्दै आएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अवैधानिक आप्रवासीलाई रोजगारी दिने रोजगारदाता कम्पनीहरु पनि प्रशासनको निशानामा छन् । कानुनतस् त्यस्ता रोजगारदातालाई जरिवाना र जेल सजायसम्मका कारबाही हुनसक्ने उल्लेख छ ।

रोजगारदाता र सरोकारवालाले धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन आग्रह गरेपनि सरकारले भने थप कडाई हुने जनाइसकेको छ । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,