ताजा खबर

फर्केर हेर्दा २०७४: विपद् र दुर्घटनाले नछोडेको वर्ष

RadioTaplajung

फर्केर हेर्दा २०७४: विपद् र दुर्घटनाले नछोडेको वर्ष
बैसाख १ गते । अघिल्ला वर्षहरुमा जस्तै २०७४ सालमा बाढी पहिरो, डुबान, शीतलहर, दुर्घटनालगायत कारणबाट धेरैको ज्यान गयो ।

    फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको यूएस बंगला विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गयो ।
    जेठमा गोमा एअरको जहाज लुक्लामा दुर्घटना हुँदा पाइलटको ज्यान गयो, २ जना घाइते भए ।
    साउनमा आएको बाढीले तराईको जनजीवन अस्तव्यस्त भयो । झण्डै डेढसय जनाको ज्यान गयो । हजारौं विस्थापित भए । सयौं विगाह जग्गामा लगाइएको खेती नष्ट भयो ।
    गर्मी तथा जाडो महिनामा हुने शीतलहर, भाइरल, स्क्रबटाइफस, स्वाइनफ्लु लगायतका रोग तथा संक्रमणबाट पनि धेरैले ज्यान गुमाए । जाजरकोटमा यो बर्ष पनि भाइरल भैलियो ।
    धादिङ, दैलेख लगायत बिभिन्न ठाउँमा साना ठूला गाडी दुर्घटनामा दर्जनौंको ज्यान गयो ।
    बलात्कार र हत्या हिंसाका घटना २०७४ सालमा धेरै भए ।

२०७४ सालमा केही वरिष्ठ र चर्चित व्यक्तिहरुलाई गुमाउनुपर्यो ।

    असोज १२ मा वरिष्ठ संचारकर्मी वासुदेव मुनालको निधन भयो ।
    असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंमा गोली हानी हत्या भयो । चन्दाको कारण हत्या भएको पुष्टी भएको छ भने हत्याका योजनाकार मनोज पुन प्रहरी इन्काउन्टरमा फागुनमा रुपन्देहीमा मारिए ।
    कात्तिक २५ गते पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भयो ।
    मंसिर ३ गते  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भयो । चुनावको मुखैमा प्रकाशको निधन भए पनि प्रचण्ड परिवार चुनावी दौडाहामा ठाउँठाउँमा पुगे । चुनावमा स्वर्गीय प्रकाशका पिता प्रचण्ड र पत्नी बिना दुवै विजयी हुनुभयो ।
    पुसमा संखुवासभामा भएको जीप दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको ज्यान गयो ।
    कपिलवस्तुबाट काठमाडौं आउनेक्रममा माघ २७ गते  तत्कालीन सिँचाइ सचिव रामानन्द साहको गाडी त्रिशुलीमा खस्यो । साहसहित ३ जनाको ज्यान गयो ।
    हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई चैत १९ गते पत्नीशोक पर्‍यो । लामो समयदेखि क्यान्सरबाट पीडित उहाँकी धर्मपत्नी यशोदा सुवेदीको निधन भएको हो ।
    चैत १६ गते नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भयो । उहाँको हृदयघातका कारण भारतको दिल्लीमा निधन भएको हो ।
    चैत २२ गते वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको निधन भएको छ । २०१५ सालको चुनावमा उहाँ पाल्पाबाट निर्वाचित हुनुभएको थियो । १५ सालको चुनावमा देशैभरीबाट मात्र ४ जना कम्युनिस्ट नेता निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले