ऋतिक रोशनले आफ्ना बारेमा छापिएका झूटा खबरबारे सामाजिक सञ्जालमा रिस पोखे

SITENAME

ऋतिक रोशनले आफ्ना बारेमा छापिएका झूटा खबरबारे सामाजिक सञ्जालमा रिस पोखे
 भदौ १३ गते । भारतीय एक अनलाइन पोर्टलले बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री दिशा पटानीसँग नजिक हुन खोजेको र दिशाले ऋतिकको यस व्यवहारका कारण त्यो फिल्म नै छोडेर जानु परेको गलत खबर छापेको थियो ।

यो खबर छापेलगत्तै ऋतिकले रिसाउँदै आफ्नो रिसलाई ट्वीटर मार्फत निकाले । उनले त्यस मिडियालाई गलत खबर छापेको भन्दै ट्वीटरमार्फत ‘आफ्नो दिमागमा भरिएको फोहर जिमखानामा जिम गरेर फाल्नू’ भनेका छन् ।

 

त्यति मात्रै होइन ऋतिकले त्यस किसिमको गलत खबर छाप्ने मिडियालाई उसले छापेको खबरको फोटोसहित ‘अहिलेलाई तपाईंको मिडियाको प्रगतिको लागि मेरो तर्फबाट यो ट्वीट लिनुहोस् र अब आइन्दा कुनै सहयोग चाहिएको छ भने सिधै आएर सहयोग माग्नुहोस्’ भन्दै ट्वीट गरेका छन् ।

ऋतिकले मात्रै नभइ अभिनेत्री दिशा पटानीले पनि त्यस मिडियाले छापेको खबर गलत रहेको र ऋतिक एक इज्जतदार व्यक्ति रहेको बताएकी छिन् ।

दिशाले त्यस मिडियाको खबरलाई गलत र अव्यवहारिक रहेको बताउँदै भनेकी छिन्, ‘ऋतिक सरविरुद्ध यो एकदमै गलत खबर चलाइएको छ । यस खबरमा एक पैसाको पनि सत्यता छैन । मैले उहाँसँग त्यति धेरै त कुराकानी गरेकी छैन तर उहाँ निकै असल व्यक्ति हुनुहुन्छ र उहाँले यस किसिमको गलत काम गर्न सक्नुहुन्न ।’

उनले आफूले ऋतिकका कारण कुनै पनि फिल्म नछोडेको र जुन किसिमको खबर छापिएको छ त्यो सरासर गलत रहेको अभिव्यक्ति दिएकी छिन् ।

दिशाले आउने दिनहरुमा ऋतिकसँग काम गर्ने अवसर पाएमा अवश्य काम गर्ने पनि बताएकी छिन् । अभिनेत्री दिशा पटानी सलमान खानको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।

ऋतिक रोशनले फिल्म ‘सुपर ३०’ को छायाँकन पूरा गरिसकेका छन् भने अभिनेत्री दिशा पटानीका प्रेमी तथा ज्याकी श्राफका छोरा टाइगर श्राफका साथ यशराज ब्यानरको फिल्मको काममा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल  कात्तिक २६ गते ।   नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए । चलचित्रको

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य