ताजा खबर

अनमोल केसी पारिश्रमिक नलिइ सांगीतिक कन्सर्टमा

RadioTaplajung

अनमोल केसी पारिश्रमिक नलिइ सांगीतिक कन्सर्टमा
 भदौ १३ गते । नायक अनमोल केसी ’अनमोल इभ-२०१८’ का निम्ति मोफसल भ्रमणमा निस्किएका छन् । अनमोलका साथमा उनका पिता भुवन केसीसमेत सँगै छन् ।
सँगै अभिनेत्री प्रियंका कार्की, अभिनेत्री झरना थापा लगायतका कलाकारहरुसमेत मोफसलमा सँगै छन् । उनीहरु मोफसलमा निस्किए पछिको पहिलो कार्यक्रम बुटवलमा आयोजना गरिएको थियो ।

बुटवल बासीहरुको साथमा उपस्थित भएर अनमोलले चलचित्र ’कृ’ मा समावेश ’यतियति पानी गंगा रानी’ बोलको गीतमा नृत्य गरेका थिए । उनले ‘होस्टेल’ तथा ‘ड्रिम्स’ चलचित्रका गीत गाएर बुटवल बासीलाई झुमाएका थिए ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी थिइन् । अभिनेत्री प्रियंका कार्कीले माहोल निकै तातिएको थियो । नमस्ते नेपाल, सप्तक ब्याण्डका बालकलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले र्याम्पमा क्याटवाक समेत गरेका थिए ।

नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ’अनमोल इभ–२०१८’ अब १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।

विनापारिश्रमिक यो इभेन्टमा आवद्ध भएका उनीहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिँदैछन् ।
 उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण