ताजा खबर

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको एउटा घरभित्र पुग्ने सुरुङ फेला

RadioTaplajung

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको एउटा घरभित्र पुग्ने सुरुङ फेला
भदौ १० गते । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनाबाट मेक्सिकोको लुइस रियो कोलोराडो शहरको एउटा घरसम्म पुग्ने गरी खनिएको सुरुङ फेला पारेका छन् ।

झन्डै १८० मिटर लामो यो सुरुङ लागूपदार्थ तस्करीको लागि प्रयोग भइरहेको पाइएको अमेरिकाले दाबी गरेको छ । गएको हप्ता यो सुरुङबारे पत्ता लागेपछि दक्षिणी एरिजोनामा रहेको त्यो घरका मालिक इवान लोपेन्जलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले १० अर्ब रुपैयाँभन्दा धेरैको लागूऔषधसमेत भेटेको जनाइएको छ । अनुसन्धानकर्ताले लोपेजको घरमा रहेको पुरानो केएफसी रेस्टुरेन्टमा छानबिन गर्दा रेस्टुरेन्टको किचेनभित्र सुरुङ फेला पारेका हुन् । जुन सुरुङ मेक्सिकोको एउटा घरमा रहेको ओछ्यानमुनि गएर टुंगिन्छ ।

सुरुङबाट डोरीको सहयोगले लागूऔषध बाहिर निकालिने गरेको बताइएको छ । लागूऔषध लुकाउन प्रयोग भएको सुरुङ फेला परेको यो पहिलो घटना भने होइन । दुई वर्षअघि क्यालिफोर्नियाको सान डिएगोमा लागूऔषध लुकाउन प्रयोग गरिएको २ हजार ६ सय फिट लामो सुरुङ फेला परेको थियो । ९एजेन्सी०

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल