सिरियाको विषयलाई लिएर अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

SITENAME

सिरियाको विषयलाई लिएर अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

चैत ३० । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ ।

सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ ।

उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाए । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ ।

ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा गरिएको रसायनिक आक्रमणमा थुप्रैं व्यक्ति मारिएपछि अवस्था तनावपूर्ण बनेको हो । आक्रमणमा सिरियाली सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने रुसले आरोप अस्वीकार गरेको छ ।

यही तनावपूर्ण वातावरणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले ट्विटरमार्फत रुसलाई उसको मित्रराष्ट्र सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ भन्ने सन्देश दिएका छन् ।

यता, बेलायतले भने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेको छ । गत महिना रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको रसायनिक आक्रमण फेरि नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको हो ।

विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको जनाएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

भारतीय प्रधानमन्त्री मोदीले गरे ४ वर्षमा ८४ देशको भ्रमण, भयो १४ सय ८४ करोड खर्च

भारतीय प्रधानमन्त्री मोदीले गरे ४ वर्षमा ८४ देशको भ्रमण, भयो १४ सय ८४ करोड खर्च  साउन ५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन २०१४ मा भारतको

SITENAME

टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा साउन ४ गते । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण

SITENAME

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री असार २६ गते । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना