ताजा खबर

बन्ने भो ‘दबंग ३’, फेरि सलमान र सोनाक्षीकै जोडी

RadioTaplajung

बन्ने भो ‘दबंग ३’, फेरि सलमान र सोनाक्षीकै जोडी
भदौ ७ गते । हाल माल्टामा फिल्म ‘भारत’को सुटिङ्गमा व्यस्त सलमान खान आफ्नो होम प्रडक्सन अन्र्तगत बन्ने फिल्म ‘दबंग ३’ सुटिङका लागि समेत तयार भैसकेका छन् ।

यही शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ को प्रमोसनमा रहेकी  ‘दबंग’ की रज्जो अर्थात सोनाक्षी सिन्हाले हालै एक अन्तर्वातामा यो कुराको खुलासा गरेकी हुन् । उनका अनुसार सलमान ‘भारत’ सँगै ‘दबंग ३’ को सुटिङ्ग गर्न चाहन्छन् र सुटिङका लागि फिल्मका स्टार कास्ट समेत लगभग फाइनल भैसकेको छ  ।

जसमा सलमानका अलावा सोनाक्षी नै रज्जोको भूमिकामा हुने छिन  ।

यो वर्षको अन्तसम्ममा फ्लोरमा गइसक्ने फिल्म ‘दबंग ३’ को निर्देशन भने यस पटक प्रभु देवाले गर्ने भएका छन । यस अघि प्रभु देवाले सलमान को सुपरहिट फिल्म ‘वान्टेड’ निर्देशन गरिसकेका छन । तेलुगू फिल्म ‘पोकिरी’ को रिमेक ‘वान्टेड’ सन २००९ मा रिलिज भएको थियो ।

सलमान आफ्नो फिल्म ‘भारत’ लाई सन २०१९ को इदमा रिलिज गर्ने तयारीमा छन् भने ‘दबंग ३’ लाई २०१९ कै क्रिसमसमा । ‘दबंग ३’ को अधिकांश सुटिङ्ग भने उत्तर प्रदेशको गाजियाबाद शहरमा हुनेछ र यस पटक फिल्मको विषयवस्तु निकै यथार्थ परक  हुने बताइएको छ ।

सुपर हिट ‘दबंग’ फ्रेन्चाइज अन्तर्गतको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो जसलाई अभिनव कस्यपले निर्देशन गरेका थिए भने दोश्रो २०१२ मा रिलिज भएको थियो यस्को निर्देशन अरबाज खान ले गरेका थिए ।    एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण