ताजा खबर

ट्रम्पका पूर्ववकिल कोहेन दोषी ठहर, ‘पोर्न स्टार’लाई रकम दिएको स्वीकार

RadioTaplajung

ट्रम्पका पूर्ववकिल कोहेन दोषी ठहर, ‘पोर्न स्टार’लाई रकम दिएको स्वीकार
भदौ ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववकिल माइकल कोहेनलाई न्यूयोर्क अदालतले चुनावी अभियानसँग जोडिएका वित्तीय नियम उल्लंघनमा दोषी ठहर गरेको छ ।

कोहेनले सन् २०१६ को राष्ट्रपतीय उम्मेदवारले भनेर वित्तीय नियम उल्लंघन गरेको र यसको उद्देश्य चुनावलाई प्रभावित पार्नु रहेको बताएका छन् । ती उम्मेदवार ट्रम्प रहेको विश्वास गरिएको छ ।

यो मुद्दामा ५१ वर्षीय कोहेनले ६५ वर्षसम्म जेल सजाय पाउनसक्ने अमेरिकी सन्चारमाध्यमहरुले बताएपनि न्यायाधीश विलियम पाउलले भने उनको सजाय ५ वर्ष ३ महिना हुनसक्ने जनाएका छन् ।

अदालतले सजायको घोषणा भने डिसेम्बर १२ मा गर्नेछ ।

चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम दिएको पनि कोहेनले स्वीकार गरेका छन् ।

ड्यानियल्सले राष्ट्रपति ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेकी छन् ।

ट्रम्पले गोप्यरूपमा रकम तिर्न निर्देशन दिएको कोहेनले बताएका छन् । तर, मंगलबारमात्र भर्जिनियामा उनले कोहेनसँग जोडिएका प्रश्नहरुलाई बेवास्ता गरेका थिए । ९एजेन्सी०

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल