ताजा खबर

२ करोड नदिए बमले उडाइदिने भन्दै व्यवसायीलाई धम्कीदिने चार जना पक्राउ

RadioTaplajung

२ करोड नदिए बमले उडाइदिने भन्दै व्यवसायीलाई धम्कीदिने चार जना पक्राउ

    चैत ३० गते । २ करोड रुपैयाँ माग गर्दै नदिएमा ज्यान मार्ने धम्की दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थायी घर गोरखा भएका जग्गा व्यवसायी हरिप्रसाद सापकोटा ९नाम परिवर्तन०  र अन्य व्यवसायीलाई फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी ९विप्लव समूह० का कार्यकर्ता हौं भनेर २ करोड रुपैयाँ माग गर्ने र नदिएमा बमले उडाइदिने भन्दै धम्क्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीहरुलाई भारतीय नम्बरबाट पनि फोन गरेर २ करोड नदिए बमले उडाइदिने भन्दै धम्की दिने मूख्य योजनाकारसहित ४  जानलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चैत २८ गते पक्राउ गरेको हो । व्यवसायीलाई धम्की दिएर पैसा माग्ने समूहका मुख्य योजनाकार गोरखा जिल्लाका ४० वर्षका चेतबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यवसायीलाई धम्क्याएको आरोपमा गोरखा जिल्लाकै २८ वर्षका व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई पक्राउ गरेको छ । व्यवसायीलाई नयाँ दिल्ली पुगेर भारतीय नम्बरबाट फोन गरेर तर्साउने वीरबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । उनी पेट्रोल पम्पमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले