ताजा खबर

यसरी छायाकंन हुँदैछ ‘छक्का पञ्जा ३’ को दोस्रो गीत

RadioTaplajung

यसरी छायाकंन हुँदैछ ‘छक्का पञ्जा ३’ को दोस्रो गीत
 भदौ ६ गते । दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘छक्का पञ्जा ३’ को छायाकंन अन्तिम चरणमा छ ।

अन्तिम चरणको छायाकंन अन्तर्गत निर्माण पक्षले सिनेमाका केही सिनहरु रिशुट गरेको छ । यसका साथै यतिबेला सिनेमामा समावेश दोस्रो गीत छायाकंनका लागि ‘छक्का पञ्जा ३’को टोली नवलपरासी पुगेको छ ।

नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा सिनेमामा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीतको छायाकंन भैरहेको छ ।

गीत छायाकंनका लागि सिनेमाका मुख्य कलाकारहरुसँगै  निर्देशक दीपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका छन् ।

निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी गु्रपको परिसरमा सिनेमामा समावेश गीतको छायांकन भैरहेको छ । छायांकनरत गीतमा अर्जुन पोखरेलको संगीत छ भने गीतका शब्द दीपकराज गिरीले लेखेका हुन् ।

यो गीतमा सिनेमाका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ ।

पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाइरहेको समयमा दोश्रो गीतले पनि त्यस्तै उचाइ लिने विश्वास निर्माण पक्षको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा,  किरण केसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा ९टौवा क्रियशन०को पब्लिसिटी डिजाइन र पुरुषोत्तम प्रधानको छायाकंन छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण