ताजा खबर

मिस नेपाल २०१८ को ताज शृङ्खलालाई

RadioTaplajung

मिस नेपाल २०१८ को ताज शृङ्खलालाई

   चैत ३० गते । मिस नेपाल २०१८ को उपाधि शृङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्‍याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । शृङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटी विथ परपसको पनि उपाधि हात पारिन् ।

मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख  भइन् । स्रोतः उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण