ताजा खबर

आजदेखि ४ चलचित्र प्रदर्शनमा, कस्ले मार्ला बाजी ?

RadioTaplajung

आजदेखि ४ चलचित्र प्रदर्शनमा, कस्ले मार्ला बाजी ?
 भदौ १ गते । शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर भर्जिन, जय शम्भु  ब्ल्याक र १२ मासे  ।

तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा बोल्ने चलचित्र मिष्टर भर्जिन विशारद बस्नेतको निर्देशनमा तयार भएको हो ।  यसले  मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केहि बढी शो पाएको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेललगायतका कलाकारको मुख्य भूमिका छ ।

त्यस्तै आजदेखि चलचित्र ‘जय शम्भु’ पनि रिलिज भएका छ । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको त्रिकोणात्मक प्रेम झल्किने यो चलचित्रमा एक्सन र लभस्टोरी दुवैको मजा लिन सकिने छ ।

चलचित्र ‘ब्ल्याक’ पनि रिलिज भएको छ । आश्मा पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा प्रदीप श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका छ ।

त्यसैगरी आनदेखि नै देशभर प्रदर्शनमा आएको चलचित्र हो १२ मासे । लय संग्रौलाले निर्देशन गरेको यस चलचित्रमा जयकिशन बस्नेत, पूजा प्रधान, मरिचमान श्रेष्ठ,प्रदीप पाठक, सोनिक बास्तोल, सबनम दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हास्य प्रधान चलचित्र १२ मासे पनि कमेडी जनरामा निर्माण भएको चलचित्र हो । जुवा तासमा बरालिएर हिडेका युवाहरुका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा वासु न्यौपानेको छायांकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ ।

चलचित्र बजारमा  आशा गरिएका तिनै वटा चलचित्र एकसाथ रिलिज हुदा त्यसले चलचित्र युनिटलाई सफलता हात पार्न त्यति सहज भने छैन । तिनै चलचित्रले मल्टिप्लेक्समा आशा गरे अनुरुपको शो पाएका छैनन् । ती मध्ये कुन चलचित्रलाई दर्शकले रोज्छन त्यो भने हेर्न बाकि नै रहेको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण