ताजा खबर

युरोपा लिगमा ३३ वर्ष पुरानो उत्कृष्ट कमब्याकको रेकर्ड तोडियो, चारको बदला आठ गोल

RadioTaplajung

युरोपा लिगमा ३३ वर्ष पुरानो उत्कृष्ट कमब्याकको रेकर्ड तोडियो, चारको बदला आठ गोल
भदौ १ गते । युरोपा लिगको इतिहासमा जेनित सेन्ट पिटर्सबर्गले उत्कृष्ट कमब्याकको ३३ वर्ष पुरानो इतिहासलाई तोडेको छ । पहिलो लेगमा चार शून्यले पछि परेको अवस्थामा जेनितले डिनामो मिन्स्कलाई ८–५ ले पराजित गर्दै नयाँ किर्तिमान बनायो ।

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा झरेको पिटर्सवर्गले डिनामोलाई ८–१ ले पाखा लगायो । पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटर्सबर्गले सुरुवातमा नै दुई गोलको अग्रता बनाएको थियो । तर खेल सकिन १८ मिनेट बाँकि हुँदा लियन्ड्रो पारेडेस रातोकार्ड खादै मैदानबाट बाहिरीएपछि दबावमा आएको थियो ।

तर उसको आक्रमणमा भने कुनै फरक परेन । गोलको बर्षा भएको खेलमा पिटर्सबर्गका लागि ज्युवाले ह्याट्रिक गरे भने माकले दुई गोल गरे । निर्धारीत ९० मिनेटको खेल सकिँदा चार शून्यले पिटर्सबर्गले खेल जितेपनि पहिलो लेगमा डिनामोको चार गोलको अग्रताका कारण खेल बराबरीमा पुग्यो ।

त्यसपछि खेलको छिनोफानोका लागि थपिएको अतिरीक्त समयमा पिटर्सबर्गले चार गोल गर्दा डिनामोले एक गोल मात्र गर्न सक्यो । बरु डिनोमा १० खेलाडीमा झर्न पुग्यो । नाटकिए बनेको खेलको अतिरीक्त समयमा पिटर्सबर्गका लागि माकले एक सय २० र २३ औ मिनेटमा गोल गर्दा डुरीसीले एक सय ९ मिनेटमा गोल गरेका थिए । एक गोल ज्युवाले गरे । यता डिनामोका लागि याहायाले ९९ औ मिनेटमा गोल गरे ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा