ताजा खबर

विपन्नलाई आवास दिइने

RadioTaplajung

विपन्नलाई आवास दिइने
साउन ३१ गते । सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसद्मा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरूलाई परिचयपत्र उपलब्ध गराउने, बस्ती विकास गर्ने, आवास उपलब्ध गराउने, अस्थायी आवास तथा पुनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । ‘नेपाल सरकार, प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी स्रोतसाधनका आधारमा आवासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकीकरण गरी आवास सुविधा उपलब्ध गराइनेछ,’ विधेयकमा उल्लेख छ ।

विपत्को जोखिममा परेका व्यक्ति तथा परिवारलाई अस्थायी सुविधा तथा आर्थिक सहायता उपलब्ध गराउनुपर्ने व्यवस्था पनि विधेयकमा छ । विपत्बाट विस्थापित व्यक्ति तथा परिवारलाई उचित पुनर्वासको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । यो विधेयक संसद्बाट पारित भएपछि आगलागी, बाढीपहिरोबाट आवासविहीन भएकालाई स्वतस् सरकारले आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । ‘विपत्मा परी आवास नष्ट भएका वा तोकेभन्दा कम वार्षिक आय गर्ने व्यक्ति र उसको परिवारलाई आवास सुविधा उपलब्ध गराइनेछ’, विधेयकमा भनिएको छ । भौगोलिक विकटताका कारण सेवासुविधा पुर्‍याउन नसकिने स्थानका बस्ती सुविधायुक्त स्थानमा सार्ने परिकल्पनासमेत विधेयकमा गरिएको छ ।

विपत्बाट विस्थापित व्यक्ति तथा परिवारका लागि अस्थायी आवास वा आर्थिक सहायता उपलब्ध गराउनुपर्ने हुन्छ । पूर्ण रूपमा विस्थापित व्यक्ति वा परिवारका नाममा अन्यत्र जग्गा नभएको वा जग्गा भए पनि भौगोलिक र अन्य कारणले बसोबास गर्न अनुपयुक्त भए सरकारले पुनर्वास व्यवस्था गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ । ‘आर्थिक उपार्जनको कार्यमा संलग्न भए सहुलियतपूर्ण कर्जा तथा आंशिक अनुदान प्रदान गरी पुनर्वासको प्रबन्ध गर्नुपर्नेछ,’ विधेयकमा भनिएको छ ।

आवास व्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नुपर्ने हुन्छ । प्रदेश र केन्द्रीय सरकारले बजेट, जनशक्ति र प्राविधिक सहायता प्रदान गर्ने जिम्मेवारी तोकिएको छ । झूटो विवरण पेस गरी आवास सुविधा लिए दुई वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । आवास सुविधा दुरुपयोग गरे, आवासबाहेक अन्य प्रयोजनमा प्रयोग गरे एक वर्ष कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै, जानीजानी झूटो विवरण संकलन र सिफारिस गरे एक लाख रुपैयाँ जरिवाना, सरकारी कर्मचारी भएमा विभागीय कारबाहीसमेत हुने व्यवस्था छ ।

क्षतिपूर्ति दिएर मात्रै व्यक्तिको सम्पत्ति लिन सकिने राज्यले क्षतिपूर्तिबिना व्यक्तिको आवास सार्वजनिक प्रयोजनमा ल्याउन नपाउने भएको छ । यसअघि नक्सा पास भएका भवनसमेत सरकारले क्षतिपूर्तिबिना भत्काएको थियो । व्यक्तिको स्वामित्वमा रहेको आवासबाट हटाउनुअघि पुनर्वासको व्यवस्था गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । पुनर्वास नगरे क्षतिपूर्ति दिनुपर्ने प्रावधान राखिएको छ । ‘आवासबाट हटाउनुअघि नै क्षतिपूर्ति दिनुपर्ने हुन्छ,’ विधेयकमा भनिएको छ, ‘कुनै कारणवश क्षतिपूर्ति प्रदान गर्न नसकिए त्यस्तो क्षतिपूर्ति प्रदान गर्ने निकाय र समयावधिसमेत तोकेर हटाउनुपर्छ ।’ स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्