ताजा खबर

रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले जित्यो सुपर कपको उपाधि

RadioTaplajung

रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले जित्यो सुपर कपको उपाधि
 साउन ३१ गते । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लब रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियालले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन ।

खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई एक एक गोलको अवस्थामा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए ।

तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई गोलमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा पुग्या । जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भयो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो । यो खेलमा रोनाल्डोको अनुपस्थिति निकै खड्कीएको थियो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा