ताजा खबर

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार

क्रुर आमाःथेचम्बुमा आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू, आमा फरार
देवराज गुरुङ,रेडियो ताप्लेजुङ । साउन ३१ गते । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–२,थेचम्बुस्थित तलेवारीमा ५ दिनअघि (साउन २६ गते) आफ्नै आमाद्धारा चर्पीमा फ्याकिएको अवस्थामा उद्धार गरिएकी १० महिने जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यू भएको छ । साउन ३० गते बुधबार विहान साढे १० बजे गंगा मृत अवस्थामा र जमुनालाई स्थानियबासीले जिवितै (ढुकढुकी) अवस्थामा उद्धार गरेको थियो । यद्यपी थप उपचारका लागि झापा लगिएकी जमुनाको पनि (मनमोहन अस्पताल विर्तामोड) मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

बुधबार जिल्ला अस्पताल ल्याईएकी गंगाको विहिवार पोस्टमार्टम गरि हजुरआमा ५० वर्षीया संञ्जमाया विकसहित आफन्तलाई जिम्मा लगाइने प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए । आमा २० वर्षीया कमला विक फरार छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरीको प्रारम्भिक अनुसन्धानमा मार्ने नियतले नै चर्पीमा फ्याँकेको पाइएको छ । ५ दिनसम्म कमला र जुम्ल्याहा छोरीको बारेमा परिवार तथा आफन्तले समेत खोजी नगर्नाले घटनाको अनुसन्धानको दायरा फराकिलो हुने देखिएको छ । कमलाको पति अर्थात जुम्ल्याहा छोरी गंगा जमुनाको बाबुको टुङ्गो अझैसम्म लागेको छ्रैन् ।

बुधबार स्थानीयबासीले उद्धार गरि थेचम्बु स्वास्थ्य कार्यालयमा उपचार गरेको थियो । जमुनालाई बचाउने आशा गरेका स्थानियले १२ हजार संकलन गरि आफन्तको सहयोगमा थप उपचारका लागि झापा पठाएको थियो । टीकाराम स्मृती प्रतिष्ठानको एम्बुलेन्सले तेलको मात्र भाडा लिने मौखिक प्रतिबद्धता जनायो ।

माइती घरमा बस्दै आएकी कमलाले शनिबार विहान साढे १० बजेतिर दुवै छोरीलाई कुट्दै गरेको संञ्चमायाले प्रहरीलाई बताएकी छिन् । संञ्चमायालाई उदृतगर्दै प्रहरी नायब उपरिक्षक बस्नेतले भने,“शनिबार विहान साढे १० बजेको थियो । उनले बच्चालाई पिट्दै थिइन् । दुखाईले होला,बच्चा रुदै थियो । मेरो मन अमिलो बन्यो । म बारीमा काम गर्न गए । नातीनीद्धयलाई मार्ने नै नियत छ भनेर मैले कसरी विश्वास गरु ! )

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक